ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

पोषणमैत्री स्थानीय शासन कार्यान्वयनमा

१८ जेष्ठ २०८१, शुक्रबार
१८ जेष्ठ २०८१, शुक्रबार

सल्यान, १८ जेठ । हरेकको घरमा खानेपानीको धारा छ, साथमा जुठेल्नो र टाँरको व्यवस्था छ । नजिकै रहेको करेसाबारीमा तरकारी खेती । सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ५ मा विभिन्न पोषणयुक्त खाना, सुत्केरी महिलाको स्याहारसुसार, हजार दिनका आमा र बच्चाको हेरचाहका साथै सरसफाईका विविध गतिविधि नियमित सञ्चालन भइरहेका छन् । करिब दुई वर्ष अगाडि थालिएको अभियानबाट पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि विभिन्न सुचांक पुरा भएको कालिमाटी ५ का वडा अध्यक्ष टोप बहादुर कार्कीले जनाए । विगतमा अवस्था कमजोर रहेकोमा निरन्तर अभिमुखीकरण, सचेतना तथा सहयोग भएपछि पोषणमैत्री वडा घोषणाका लागि लगभग तयारी पुरा भएको उनको भनाइ छ । उक्त वडाका ५५८ घरधुरीमा घर गोठ अलग अलग, धुँवा रहित चुलो, घरआँगन र शौचालय सफाचट रहेका छन् ।

सुचकहरू पुरा गर्नका लागि । सम्बन्धीत वडा पालिकाबाट दिइने सेवा सुविधा रोक्का गरिएको । सुचकहरू पुरा गर्नका लागि आलटाल गर्ने घरपरिवारलाई वडा तथा गाउँपालिकाबाट प्रदान हुने सिफारिस तथा कुनै पनि सेवा सुविधाबाट वञ्चीत पनि गरिएको थियो । तर अहिले सबै घरधुरिले सुचक पुरा गरेपछि सरसफाई कार्ड प्राप्त गरेका छन् । खानेपानी योजना सञ्चालन, पाइप वितरण, विभिन्न समिति गठन, तालिम लगाएतका कार्यका लागि हालसम्म ५० लाख रूपैयाँ लगानी भइसकेको पनि वडा अध्यक्ष कार्कीले जनाए ।

पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०८० अनुसार वडाले विभिन्न चरणहरू र ५० वटा सूचकहरू पुरा गरेपछिमात्रै पोषणमैत्री वडा घोषणा गर्न सकिन्छ । घोषणाका लागि भन्दै बुधबार जिल्लास्तरिय अनुगमन तथा मूल्यांकन समितिले वडा नं. ५ का विभिन्न गाउँमा स्थलगत अनुगमन गरेको छ । समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल, सदस्यहरू दिपेन्द्र शाही, शंकर केसी, डिल्ली घर्ती, सदस्य सचिव निम बहादुर वली लगायतका सदस्यहरू तथा कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, वडा नं ५ का वडाध्यक्ष टोप बहादुर कार्की, स्वास्थ्य शाखा प्रमुख गोरख थापा, कार्यपालिका सदस्य सुमित्रा राना, सुचना प्रविधि अधिकृत विष्णु भण्डारी, सिअहेव हरिकला न्यौपाने लगायतको टोलीले स्थलगत अनुगमन गरेको हो ।
यस अभियानका लागि गाउँपालिका, वडा कार्यालय तथा विभिन्न विषयगत शाखाहरूले मिहेनतका साथ काम गरेको देखिएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख रावलले स्थलगत अनुगमन गरिएको भन्दै तोकिएका सूचक पुरा भएनभएको बारे अध्ययन गरेर सूचक पुरा भएको भए घोषणाका लागि सिफारिस गरिने तथा बाँकी भएमा पृष्टपोषण सहितको प्रतिवेदन दिइने जनाए ।

गाउँपालिकाको तर्फबाट पोषणमैत्री वडा घोषणाका लागि लगभग सबै कार्य सम्पन्न गरिएको भन्दै कालिमाटी गाउँपालिकाका अध्यक्ष केसीले अन्य वडामा पनि क्रमिक रूपमा यो अभियान सञ्चालन गरिने जनाए । विभिन्न सूचकहरू पुरा भएकाले शिक्षा शाखा, न्यायिक समिति, कृषि तथा पशु विकास शाखा, विपद् व्यवस्थापन शाखा लगाएतका शाखाबाट प्रतिवेदन समेत प्राप्त भइसकेको र गाउँपालिकाका सबै शाखाले अभियानका लागि सक्रियताको साथ काम गरिरहेको कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पालिकास्तरिय निर्देशक समितिका सदस्य सचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?