Butwal Today

पौडी खेल्ने क्रममा बाँधमा डुबेर १ जनाको  मृत्यु

१७ जेष्ठ २०८१, बिहीबार
अ+
अ-
लमही ,१७ जेठ । देउखुरीमा बिहिवार  एक जनाको डुबेर  मृत्यु  भएको छ । वडा प्रहरी  कार्यालय लमहीका अनुसार   लमही न.पा. १ डोडही स्थित रहेको पाँच गाउँले कुलोको घेचकटला बाधमा लमही  २ डोडही बस्ने होम बहादुर थापाको छोरा बर्ष १८ को बिपिन थापा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
करिब  पौने १ बजे ९ फिट गहिरो  कुलोमा पैडी  खेल्ने क्रममा  डुबेका  थिए  । मृतकको साथमा अन्य ६ जना साथीहरू समेत पौडी खेल्न गएका थिए । गर्मी बढेसगै पौडी खेल्ने क्रममा यस्ता घटनाहरु बढेकोले आम नागरिकहरुमा सतर्कता अपनाउनु हुन सबैमा वडा प्रहरी कार्यालय लमहीको अनुरोध छ ।