© २०२३
भैरहवा, १७ जेठ । भैरहवामा अत्यधिक गर्मी भएपछि सिद्धार्थनगर नगरपालिकाले सामुदायिक, संस्थागत र धार्मीक सबै बिद्यालयहरुलाई गर्मी बिदा दिएको छ । प्रतिकुल मौसमका कारण अत्यन्तै गर्मी बढेको कारणले विद्यार्थी र जनजीवनमा समेत नकारात्मक असर गरी बिरामी पर्न सक्ने भन्दै जेठ १८ गते शुक्रबार देखि जेठ २५ गतेसम्मका लागि सबै विद्यालयहरुमा गर्मी बिदा दिइएको सिद्धार्थनगर नगरपालिकाले सुचना मार्फत जनाएको छ ।
विद्यालयहरुलाई प्रचलित शिक्षा ऐन २०२८, शिक्षा नियामवली २०५९ संसोधन सहित ब्यवस्था भए अनुसार वर्षे÷गर्मी बिदा वा हिँउदे बिदाबाट कट्टी हुने गरी बिदा गरिउको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तीयाक अहमद खाँद्धारा हस्ताक्षरित सुचनामा जानकारी दिइएको छ ।
साथै यस सुचनाले सञ्चालन भइरहेको कक्षा ११ को परिक्षा र अन्य राष्ट्रिय स्तरका परिक्षा हरु सञ्चालन गर्न कुनै बाधा नहुने सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।