© २०२३
तिलोत्तमा, १७ जेठ । अत्यधीक गर्मी बढेको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयहरुमा एक महिना गर्मी बिदा दिएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नगरभित्र रहेका सामुदायिक र संस्थागत सवै विद्यालय जेठ १८ गते देखि असार १४ गते सम्म बन्द गर्ने निर्णय गरेको जनाएको हो ।
नगरप्रमुख रामकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा अत्याधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र पठनपाठन संचालन गर्न समस्या भएकाले बिदा दिइएको उल्लेख छ । केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यार्थीहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएको हुँदा विद्यालयमा सहज पठनपाठन गर्न समस्या भएकाले २०८१÷२÷१८ गतेदेखि २०८१÷०३÷१४ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने सूचनामा भनिएको छ ।