ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

जेट भाषण मार्फत कर्णालीमा के के समेटिए नयाँ योजनामा

१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

सुर्खेत । अर्थमन्त्री वर्षमान पुनले ल्याइएको आब २०८१÷८२ को नयाँ बजेटमा कर्णालीमा अधिकांश पुरानै योजनामा बजेट बिनियोजन गरिएको पाइएको छ । केही योजनाले गती लिएका छन् भने केही योजनालाई गति दिने प्रयास आज प्रस्तुत बजेट भाषणले गरेको छ ।

लामो समय देखि चर्चामा रहदै आएको र आलु आबमा बजेट बिनियोजन नभएको नलगाड जलविद्युत आयोजनामा आव ०८१÷८२ मा निर्माण कार्य सुरु गर्ने भनिएको छ । सदनमा प्रस्तुत बजेट भाषणमा जनताको जलविद्युत कार्यक्रम अन्तरर्गत १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माण कार्य सुरु गर्ने उल्लेख गरिएको छ ।

यसको कुल लागत २३ अर्ब रहेको छ । यद्यपी आयोजनाको रिण सम्झौता समेत भइसकेको छ । त्यस्तै भेरी तथा कर्णाली करिडोरमा ४०० केभी प्रशारण लाइनलाई निर्माण कार्यमा सुरु गर्ने बजेट भाषणमा समेटिएको छ । भेरी करिडोरको सुर्खेतको मेहलकुना देखि जाजरकोटको दानी पिपल सम्म १५० किलोमिटर लम्बाइ रहेको छ ।

दानी पिपलमा ४०० केभी प्रशारण लाइनको सव स्टेशनको काम गर्न जग्गा अधिग्रहणको काम भइसकेको छ । त्यस्तै निजी क्षेत्रको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रका रुपमा विकास गर्नका लागि कर्णालीमा जडीबुटी हर्ब बनाइने बजेट भाषणमा उल्लेख गरिएको छ । प्रदेश तथा स्थानीय तहको सहकार्यमा सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोर , जुम्लाको हिमा ,तिला नदि आसपासको क्षेत्रलाई मार्सी धान करिडोर निर्माण गरिने बताएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट , रुकुम पश्चिम लगाएतका जिल्लाहरुमा क्षतीग्रस्त निजी घरको सर्वेक्षण गरि पुर्ण निर्माण गरिने बजेट भाषण मार्फत जानकारी गराएको छ । त्यसका लागि रु २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । सोही रकमबाट सामुदायिक विद्यालय , स्वास्थ्य संस्था , सरकारी तथा सार्वजानिक भवन लगायतमा निर्माण गरिने उल्लेख गरिएको छ ।

कर्णालीमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको छ । कर्णालीमा कृषि र वन पैदावरमा आधारित संमृद्ध कर्णाली उद्यमशिलता कार्यक्रम सञ्चालन हुने बजेट भाषण मार्फत अर्थमन्त्री पुनले जानकारी दिए । भेरी बबइ डाइभर्सन बहुउदेश्यीय आयोजनाको हेड वक्स र विद्युत गृह निर्माण गर्नका लागि २ अर्ब बिनियोजन गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा सञ्चालन हुने गरि एकिकृत कर्णाली सिँचाई विकास आयोजनाका लागि ८२ करोड छुट्याएको छ ।

साविकको कर्णालीका कक्षा १ देखि ५ सम्म सञ्चालन हुने दिवा खाजा कार्यक्रम स्थानीय उत्पादन मिलाउने व्यवस्था गरिनुका साथै रकम बृद्धि हुने भएको छ । कर्णालीमा खानेपानी सरसफाई तथा स्वाच्छता सुधार कार्यक्रम लागू हुने घोषणा गरिएको छ । सुर्खेतमा हुने १० औ राष्टिय खेलकुद प्रतियोगिता आयोजनाका लागि ६० करोड रकम बिनियोजन गरिएको छ ।

कर्णाली करिडोरमा ५ वटा पुल र ५० किलोमिटर सडकको स्तरोन्नती गरिने हुने भएको छ । भेरी करिडोरको स्तरोउननती हुने उल्लेख छ । हुम्लाको लिमी र डोल्पाको धोमा नयाँ नमुना बस्ती विकास गरि आर्थिककेन्द्रकोरुपमा विकास गरिने बजेट भाषण मार्फत जनाएको छ । सुर्खेत र जुम्लाको विमानस्थलको स्तरोन्नतती हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?