ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

अर्घाखाँचीको चुरे क्षेत्रमा दोहन !

१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

जितपुर, (कपिलवस्तु) १६ जेठ । अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चुरे क्षेत्रमा पर्ने बाणगंगा खोलामा एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन्को अनुमति दिएको छ । विगत दुई महिनादेखि शीतगंगा नगरपालिका वडा नं. १४ मा पर्ने पावरा–विक्रम क्षेत्रको बाणगंगा नदीबाट ठेकेदारले एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । ठेकेदारसँगको ठेक्का सम्झौतामा कहीकतै एक्साभेटरको प्रयोग गर्ने उल्लेख नभएपनि सेटिङ मिलाएरै ठेकेदारले नदी दोहन गरिरहेका हुन् ।

ठेकेदारले एकाबिहानै र साँझदेखि राति अवेरसम्म एक्साभेटरको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । सिंगो गाउँका अगुवा, शीतगंगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरी लगायतका जिम्मेवार निकायलाई मोटो रकम बुझाएर यो काम विगत एक महिनादेखि चलिरहेको पावर गाउँका स्थानीय अगुवाले संचारकर्मीलाई जानकारी दिए ।

ती गाउँलेको भनाई पुष्टाई गर्न आइतबार साँझपख पावरा–विक्रमको बाणगंगा खोलामा पुग्दा एक्साभेटरले धमाधम नदीजन्य पदार्थ उत्खनन गरिरहेको थियो । साँझ परेपछि राति अवेरसम्म एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन गरिरहेको प्रमाण आइतबार संकलन गरिएको छ । साथै राति अवेरसम्म नदीबाट निकालिएको नदीजन्य पदार्थ टिप्परको सहायताले नजिकैको स्थानमा ल्याएर ठेकेदारले माल डम्प गर्दै आएका छन् ।
रातभर र एकाविहानै नकालिएको माल दिनभर टिप्परले डम्पबाट ओसार्ने गरेका छन् ।
शीतगंगाले राष्ट्रिय गौरवको आयोजनाका लागि नदीजन्य पदार्थ उत्खनन दिनेगरी यहाँ ठेक्का लगाएको हो । ठेक्का लगाउदा नै ठूलो चलखेल भएको शीतगंगा नगरका एक जना कर्मचारीले नाम नबताउने शर्तमा बताए । ती कर्मचारीका अनुसार यहाँ तीन जना ठेकेदारले नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका छन् । ठेकेदारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रयोग गर्ने गरी नदीजन्य उत्खनन्को अनुमति पाएको बताइएको छ । राष्ट्रिय गौरवको आयोजनाका नाममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाम बेचिएको छ । जबकी यो विमानस्थल बनेर सञ्चालन हुन थालेको बर्षौ वितिसकेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भनेर यहाँ नदीजन्य उत्खनन गरिएपनि ठेकेदारले कपिलवस्तु, रुपन्देहीमा रहेका विभिन्न क्रेसर उद्योग, निर्माणाधिन सडक लगायतका भौतिक संरचनामा माल पठाउँदै आएका छन् ।यता शीतगंगा नगरपालिकाले भने निकै कम राजश्व लिएर ठेकेदारलाई यहाँ उत्खननको ठेक्का दिएको हो । स्रोतका अनुसार रु. ३५ लाखमा यस स्थानमा ठेक्का दिइएको हो । जबकी यो राजश्वको परिणाम ठेकेदारले एक साता भित्रै उठाइसकेका छन् ।

नगरपालिकाले भने कति परिणाममा नदीजन्य पदार्थ निकालियो नापचाँस नगरेको ती कर्मचारीको दाबी छ ।‘ठेकेदारको मिलेमतोकै आधारमा नदीजन्य पदार्थ उत्खननको परिणाम भन्दा झण्डै ५ गुणा माल निकालिएपनि सिंगो नगर मौन बसेको छ,’ गाउँका एकजना अगुवाले आक्रोशित मुद्रामा भने ।

पावरा–विक्रम गाउँ नजिकै शीतगंगा नगरपालिका वडा नं. १४ को वडा कार्यालय छ । वडा कार्यालय नजिकै भएपनि ठेकेदारले अवैध नदी उत्खनन गरिरहदा वडा अध्यक्षको मिलोमतोमा, जनप्रतिनिधि र कर्मचारी तै चूप, मै चूपको अवस्थामा छन् । आइतबार साँझ बाणगंगा खोलामा पुग्दा एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन गरिरहेको थियो । संंचारकर्मी देखेपछि ठेकेदारले नदी उत्खननमा संलग्न एक्साभेटर र टिप्पर जवरजस्त निकाले । सुरुमा नगरकै अनुमतिले नदीमा एक्साभेटर प्रयोग गरेको बताएका ठेकेदारका प्रतिनिधिले पत्र देखाउन आग्रह गर्दा कुरा फेरे । लगत्तै ठेकेदारका प्रतिनिधिले गाउँलेले भनेर नदीमा एक्साभेटर प्रयोग गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?