Butwal Today

करेन्ट लागेर बिद्युत कर्मचारीको मृत्यु

१५ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

कपिलवस्तु, १५ जेठ
कपिलवस्तुको यशोधरा गाउँपालिकामा ट्रान्सफर्मरको फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा एक जना बिद्युत कर्मचारीको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ६ रंगपुरमा बर्षाका कारण फ्युज भएको ट्रान्सफर्मर जोड्दा सोहि गाउँपालिकाको वडा नम्बर १ तिर्तिखाका बिद्युत कर्मचारी हरिषचन्द्र मिश्रको मृत्यु भएको हो ।

नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका ईलेक्ट्रिसियन मिश्रलाई सोमबार राती करेन्ट लागे पछि उनलाई उपचारका लागी तौलिहवा अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरि बहादुर वलीले जानकारी दिए ।

तौलिहवा अस्पतालमा उपचार हुन नसके पछि थप उपचारको क्रममा युनिभर्सन मेडिकल कलेज भैरहवामा लैजाने क्रममा सोमबार मध्यराती उनको मृत्यु भएको वलीले बताए ।