© २०२३
काठमाडौं, १५ जेठ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलनको उद्घोष गर्ने भएका छन् । जनमतले काठमाडौंको भृकुटीमण्डपमा आज उद्घोष सभा राखेको हो ।
सभाको सम्बोधन अध्यक्ष डा राउत र सो पार्टीका नेताहरूले गर्ने बुझिएको छ । सोमवार मधेशका प्रायः गाउँबाट जनमतका नेता कार्यकर्ताहरू नाइट बसमार्फत काठमाडौं हिँडेका थिए । उनीहरू आज काठमाडौं पुगेका छन् ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनताले महसुस गर्न नसकेकाले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्न लागेको जनमतका नेताहरू बताउँछन् ।
देश राजनैतिक दल र नेताहरूको स्वेच्छाचारी, तानासाही, भ्रष्टाचार र अकर्मण्यताले असफल राष्ट्र बन्ने र अस्तित्व नै समाप्त हुने ठाउँमा पुगेको जनमतको ठहर छ । सो पार्टीले अब विकासका लागि जनता नउठे देशको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको भन्दै ‘नौलो गणतन्त्र’को आन्दोलनमा होमिन जनमतले आह्वान गरेको छ ।
जनमतले आन्दोलनमा सहभागी हुन जनतालाई आह्वान गर्दै भनेको छ, ‘सरकार आफ्नो पार्टी र कार्यकर्तालाई पोस्ने थलो मात्रै बनेको छ, जहिले पनि कुर्सीको लडाई छ । देशको अलिकति पनि चिन्ता सरकार चलाउनेलाई छैन । शिक्षा र स्वास्थ्य क्षेत्र धराशायी भएको अवस्था छ । चलिरहेका उद्योगधन्दाहरू पनि सरकारले बन्द गर्दैछन् भने आर्थिक लगानीलाई भगाउँदैछन् । आठ लाखभन्दा बढी युवाहरू वर्षेनि बिदेसिन बाध्य छन् । रोजगारी दिने त कहाँ हो कहाँ, वैदेशिक रोजगारमा जान पाऊँ भन्दा पनि सरकारले गोली चलाएर युवाहरूको हत्या गर्दैछ ।’
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी