© २०२३
सुर्खेत । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सर सामान लगायत बहुमूल्य सामान लुटेर लगेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले गाउँका अधिकासं स्थानीयबासी यार्सा संकलन गर्न गएको मौका पारी लुटपाट भएको बताए ।
गाउँमा बूढाबूढी र बालबालिका मात्र रहेको मौका छोपी हतियारधारी समूहले २३ घरमा लुटपाट गरेका रहेछन् थापाले भने, लुटेरा समूहले गाउँमा पसी सुन चादी तथा अन्य सामानहरु चेरेर भागेको पाइएको छ उनीहरूले घरको हेरचाहका लागि राखिएका कुकुरलाई समेत कुटपिट गरेको जानकारीमा आएको छ । बन्दुक, तरबार, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गरगहना, लत्ताकपडा लगायत सामान लुटेर लगेको उनले बताए । त्यसैगरी कुटपिटबाट तीन , चार जना स्थानीयबासी घाइते भएको खवर आएको थापाले बताए ।
प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि प्रहरी टोली पठाएको जानकारी दिए । घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न मुस्किल भएको उनले बताए । भौगोलिक विकटताको कारण उक्त क्षेत्रमा अनुसन्धान गर्न नै समस्या भएको छ, प्रहरी त्यस ठाउँतर्फ पठाएको, प्रहरीसँग सम्पर्क नै हुन सकेको छैन’ उनले भने, त्यस ठाउँमा पुग्न मात्र एक दिन लाग्छ ।’ उक्त गाउँमा लुटपाट गर्न बाहिरी जिल्लाबाट यार्स संकलन गर्न आउनेहरु हुन सक्ने आसंका गरिएको प्रमुख जिल्ला अधिकारी केसीले जनाए ।
मुगुम कार्मारोङ–१, ३ र ४ नम्बर वडाका वन तथा पाटन से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र हो । मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छ । स्थानीयवासी जेठ १० गते नै गाउँ छाडेर यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ गएका छन् । विगतका वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा गएको समयमा सो गाउँमा लुटपाट हुँदै आएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी