© २०२३
बुटवल।
आन्तरिक पर्यटन प्रबद्र्धन तथा सिकाई अनुभव साटासाट गर्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाले गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुको अवलोकन भ्रमण सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्लाका कोषाध्यक्ष सुशील गुरुङ्गको संयोजकत्व तथा नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय अध्यक्ष प्रा.सुदर्शन प्रसाद नेपालको समुपस्थितिमा भ्रमण कार्यक्रम भएको थियो ।
विभिन्न जिल्ला शाखाको अवस्था, चलिरहेका योजनाहरु, भावि कार्यक्रम, रक्त सञ्चार सेवा इत्यादिको सम्बन्धमा छलफल, अनुभव आदान–प्रदान सम्पन्न भएको थियो । भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटी, स्याङ्गजा जिल्ला शाखाका सभापति तथा केन्द्रिय सदस्या दिनेश अर्याल, नेपाल रेडक्रस सोसाइटी, कास्की जिल्ला शाखाका सभापति दण्डराज पौडेल तथा नेपाल रेडक्रस सोसाइटी, पर्वत जिल्ला शाखाका सभापति रुद्र रिमालसँग दुई पक्षिय छलफल भएको थियो ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी, कास्की जिल्ला शाखाको आयोजनामा कास्कीको पोखरा उपमहानगरपालिका वडा नं. १७ मा अवस्थित छोरेपाटन माध्यमिक विद्यालयमा भएको ‘४१औं जुनियर÷युवा तथा ३०औं शिक्षक नायक गोष्ठी’मा सहभागिता तथा कास्कीको मादी गाउँपालिका वडा नं-१ मा अवस्थित श्री अन्नपूर्ण विद्यालयमा रेडक्रस गतिविधि, जुनियर तथा युवा रेडक्रस अन्तर्गत भइरहेका कार्यक्रमहरु सन्दर्भमा सिकाइ आदान प्रदान गरिएको थियो ।
आन्तरिक पर्यटन प्रबद्र्धन अन्तर्गत विश्वमा नै नमुना गाउँको रुपमा रहेको कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं- ११ मा अवस्थित ‘घान्द्रुक’ तथा कास्कीको मादी गाउँपालिका वडा नं.१ मा अवस्थित ‘सिक्लेस’ गाउँको पनि अवलोकन गरिएको थियो । जस अन्तर्गत त्यस गाउँको पर्यावरण, आर्थिक गतिविधि, सडक सञ्जाल, वेशभुषा, रहनसहन, गुरुङ्ग संस्कृति, युवाहरुको अवस्था, विपदको जोखिम इत्यादि अध्ययन गरिएको थियो ।
भम्रण टोलिमा केन्द्रिय अध्यक्ष प्रा.सुदर्शन प्रसाद नेपाल, जिल्ला कोषाध्यक्ष सुशील गुरुङ्ग, उपमन्त्री अर्जुनराज उपाध्याय, उपकोषाध्यक्ष दिनेश पन्थी, कार्यसमिति सदस्य टेक बहादुर थापा, सावित्री सोमरे थापा मगर, अल्ताफ हुसैन खाँ, जानकी घिमिरे लगायतको सहभागिता रहेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी