© २०२३
काठमाडौं,१३ जेठ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीका कारण भएको बताएकी छन् । समाचार लेखेबापत पक्राउ गर्नु भनेको अपराधी, दोषीलाई कारबाही गर्न लिएको बुझन नसकिने उनको भनाइ थियो।
गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै उनले सहकारीका सर्वसाधारण वचतकर्ताको रकम अपचलन गरेर अवस्था नबदलिने बताइन् ।
आइतबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको करोडौं वचत अपचलन गरेको बताइन् ।
मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने बताउँदै उनले शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने पनि बताइन्।
उनले छानवीन समिति मार्फत छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने र क्लिन चिट पाउने जिम्मेवारी लामिछानेको भएको बताइन् ।
पूर्वमन्त्रीसमेत रहेकी झांक्रीले राज्यले बदलाको हिसावले चालिएको स्टेप तर्साउने तरिका हो त्यसको पक्षमा हामी छैनौँ भनिन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी