ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज

पर्वत–नवलपरासी सम्पर्क समाजमा क्षेत्री
१३ जेष्ठ २०८१, आईतवार
१३ जेष्ठ २०८१, आईतवार

बर्दघाट, १३ जेठ । पर्वत जिल्लामा जन्म भई पश्चिम नवलपरासीमा बसोबास गर्दै आएका पर्वतेलीहरुको साझा संस्था पर्वत–नवलपरासी सम्पर्क समाजको प्रथम अधिवेसनबाट नयाँ नेतृत्व चयन भएको छ । समाजको बर्दघाटमा सम्पन्न प्रथम अधिवेशनले भरत बहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा ताराबहादुर पाण्डे, महासचिवमा मोहन सापकोटा, कोषाध्यक्षमा लक्ष्मी अधिकारी, सचिवमा पदम बहादुर क्षेत्री निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा युवराज भुसाल, गीता पुरी, यमप्रसाद गुरुङ, दुर्गा कुमारी न्यौपाने, बिमला न्यौपाने, कृष्ण कुमारी तिवारी,कृष्णप्रसाद भुसाल, शिवकुमारी भट्टराई रहेको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता सुदर्शन पन्तले जानकारी दिए ।

बर्दघाट नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं.१६ का वडा अध्यक्ष भीमकाजी गुरुङले अधिवेसनको उद्घाटन गर्दै सम्पर्क समाजले सास्कृतिक र सामाजिक विकासमा पुलको काम गर्ने बताए । पर्वतका रहनसहजलाई तराईमा पस्केर संस्कृति पहिचान र जर्गेना गरि नया पुस्तामा पुस्तान्तरण गर्न सफल भएको उनले बताए । नवलपरासीलाई कर्मथलो बनाएका पर्वतेलीहरु संस्थागत हुनु राम्रो पक्ष रहेको भन्दै समाजलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउन आग्रह गरे । उनले नवलपरासीमा बस्दै आएका सबै पर्वतेलीहरुलाई एकिकृत गर्दै एक अर्काको सुख दुःखमा सहभागि हुँदै उदाहरणीय कार्य गर्न पनि जोड दिए ।

समाजका संस्थापक अध्यक्ष टेकबहादुर आरसीले उदेश्य अनुसार संस्थालाई अघि बढाउन आफुहरु सफल भएको बताए । नवनिर्वाचित अध्यक्ष क्षेत्रीले पर्वत जिल्लामा जन्म भई विभिन्न पेशा, व्यावसाय तथा अध्ययनको शिलशिलामा नवलपरासी जिल्लामा बस्दै आएका सबै पर्वतेलीहरुलाई संगठीत गर्दै उनीहरुको हकहित एवं सामाजिक कार्यमा अग्रसर हुँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा समाजका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा संस्थापक सदस्य सोवित पुन, पत्रकार रामु भुसाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?