ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा

११ जेष्ठ २०८१, शुक्रबार
११ जेष्ठ २०८१, शुक्रबार

बुटवल ।

बुटवल हस्पिटल प्रालिले नयां भवनबाट सेवा शुरु गरेको छ । बुटवल उपमहानगरपालिका वडा न ६ चांदवारी चोकको उत्तरपट्टि आफ्नै सुविधा सम्पन्न भवनवाट सेवा शुरु गरेको हो ।

विगत २४वर्षदेखि बुटवलको अस्पताल लाईनबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरणहरु समेत थप गरी सेवा विस्तार गरेको हो ।

सरकारले स्वास्थ्य संस्थाहरुलाई पूर्वाधार निर्माणका लागि दिएको समयभित्रै बुटवल हस्पिटलले भवन निर्माण गरी सेवा शुरु गरेको हो ।

स्वास्थ्य क्षेत्रमा आएका आधुनिक उपकरणहरु समेत जडान गरी बुटवल हस्पिटलले एक पटकमै धेरै मोडुलर अप्रेशन थ्रेटरहरु संचालनमा ल्याएको छ । जसका कारण ठुला दुर्घटनाहरु भएको खण्डमा पनि बुटवलबाट विरामी रिफर गर्न नपर्ने अवस्था आएको अस्पतालको दावी छ ।

अहिले अस्पतालमा एक दर्जनभन्दा वढी बिशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गरिरहेका छन् । करिब २ सय स्वास्थ्यकर्मी तथा कर्मचारीहरु रहेका छन् । आइसियू, भेन्टिलेटर फिजियो सहितका सुविधा रहेको हस्पिटलको भौतिक संरचना देशकै ठुला अस्पतालहरुकै शैलीमा निर्माण भएको छ । ५० वेडको स्वीकृत पाएको हस्पिटलले एक सय वेड स्वीकृतीका लागि सम्वन्धित निकायमा आवेदन पेश गरेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलले बताए । उनले भने – “बुटवल मेडिकल हब हो भन्ने प्रमाणित गर्नका लागि पनि हामीले उपकरण, दक्षजनशक्ति र भौतिक पुर्वाधारको समिश्रणमा जोड दिएका छौं, अशा छ अवका दिनमा यहांबाट विरामीहरु सेवा लिन काठमाडौं र भारतिय बजारहरुमा जान रोकिने छ ।”

पश्चिम नेपालकै उपचारका लागि केन्द्र मानिने बुटवलमा प्रविधि, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको सन्तुलन मिले बिरामीका लागि धेरै सजिलो हुने अस्पतालका मेडिकल निर्देशक डा. कृष्ण खनालको भनाई छ । उपचारका नाममा धेरै ठुलो रकम बाहिरिने तथ्य रहेको भन्दै लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल हस्पिटल निजी क्षेत्रको भएर पनि बुटवलका लागि गौरव रहेको बताए ।

उनले तत्काल एक सय वेड संचालनको अनुमति प्रदेश सरकारले दिने भन्दै बुटवलमा बल्ल अस्पतालको जस्तो भवन निर्माण भएको बताए । दुई वटा लिफ्ट, प्रशस्तै पार्किङ भएकोले विरामीहरुका लागि निकै सहज भएको छ । बुटवलमा आईसीयू अभावमा दैनिक विरामीहरु रिफर गर्नु पर्ने अवस्था रहेकोले त्यसको पुर्ति अब बुटवल हस्पिटलले गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?