© २०२३
बुटवल ।
२५६८ औ बुद्ध जयन्ती तथा फु ताँ सोँ (विधान) दिवस पर्व बुद्ध जयन्तीमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले भव्य रुपमा मनाएको छ ।
कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद प्रदेश प्रमुख झप्पट बहादुर गुरुङ्ले महामानव गौतम बुद्धको जन्म दिन अर्थात बुद्ध जयन्ती र गुरुङ् जातिहरुको सृष्टिकालमा पछि आफ्नै राज्य भएको साथै त्यसलाई बिस्तार गर्दा बिधान बनाएको दिनलाई (फु ताँ सोँ)पर्वका रुपमा हर्सोउल्लासका साथ मनाउदै आएको बताए ।
त्यसैगरी बुद्ध धर्म विश्वका सबै समुदायले स्विकार्दै आएको वैज्ञानिक धर्म रहेको पनि बताए । खेमालिपी अवधारणा कर्ता भाषालिपी निर्माता एवं भाषिक सल्लाहकार बाल नर सिंह गुरुङ्ले फु ताँ सोँ पर्व बारे जानकारी गराउनुका साथै रुपन्देहीमा गुरुङ समुदायले २०३६ साल देखि नै ल्होसार पर्व, माङी पर्व, त्यसैगरी मेँ तह्ले पर्व, फु ताँ सोँ पर्व, खे कु तेँ पर्व र ह्युल छ्युप तेँ मान्दै आएको बताए । नेपाल तमु विद्यार्थी छोज धि केन्द्रीय भाषालिपी साहित्री तथा संस्कृती विभाग प्रमुख पोविन्द्र गुरुङ, तमु गुरुङ संचारकर्मी संघका केन्द्रीय सचिव कुमार गुरुङ, नगर समिति अध्यक्ष बुद्धि प्रसाद गुरुङ्ले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा १४ औ राष्ट्रपति रनिङ शिल्ड रुपन्देही जिल्ला छनौट प्रतियोगितामा पदक बिजेता खेलाडीहरु जेनिशा गुरुङ, सृष्टि गुरुङ, सुजन गुरुङ र निशान गुरुङ्लाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष विमला गुरुङ, उपाध्यक्ष रामबहादुर गुरुङ, इश्वर गुरुङलगायतले बुद्ध जयन्ती र संस्थाले गर्दै आएका कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।