Butwal Today

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी

८ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

काठमाडौ । नागरिकता विवादमा परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयलाई अनुमति दिएको छ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार (आज) सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमै अर्का व्यक्तिको पनि नागरिकता पाइएको भनी गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो।

सोही प्रकरणमा धनुषा प्रहरीलाई सिरोहिया पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको अदालत स्रोतले जानकारी दियो।

नागरिकता प्रकरणमा उहाँ (सिरोहिया) विरुद्ध न्यायाधीश चित्रबहादुर गुरुङज्यूको इजलासले मंगलबार पक्राउ गर्न आदेश दिएको हो स्रोतले भन्यो।

सिरोहियाले भने आफ्नो नागरिकता सही भएको र व्यक्तिगत प्रतिशोधका आधारमा आफूविरुद्ध झुटो आरोप लगाएको भनी खण्डन गरेका थिए।

यसबीच सिरोहियाले सर्वोच्च अदालतबाट नागरिकता छानबिन गर्नुको कारण देखाउन गृह मन्त्रालय र प्रहरीका नाममा आदेश पनि जारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?