© २०२३
काठमाडौं, ७ जेठ । विपक्षी दलहरुको नाराबाजीका बीच प्रधानमन्त्री पुष्यपकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले १५७ जना सांसदको मत मत प्राप्त गरे। विश्वासको मत प्रक्रियामा १ सय ५८ सांसद सरिक भएका थिए।
मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पक्ष विपक्ष दुवैतर्फ मत दिएनन्।
यसअघि तेस्रोपटक प्रधानमन्त्री प्रचण्डको पक्षमा १ सय ५७ सांसदले मतदान गरेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहितका अन्य विपक्षी दलहरू मतदान कार्यमा सहभागी भएनन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन्।