© २०२३
काठमाडौं,६ जेठ । प्रतिनिधिसभाका विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ।
आइतबार बिहान नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको बैठकले गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।
‘गृहमन्त्रीलाई बोल्न दिने र उहाँको कुरा सुन्ने अनि उनको कुरा चित्त बुझ्यो भने सदन अघि बढाउने समझदारी उनले बताए । यदि चित्तबुझ्दो जवाफ नआए सदन चल्न नदिने दलहरुबीच सहमति भएको स्रोतले बतायो ।
यसअघि शनिबार साँझ सत्तारुढ र प्रतिपक्षी दलहरूबीच संसदीय समिति बनाउने सहमति भएको थियो।
सोही समितिको टीओआर बनाउन ४ सदस्यीय टोली समेत गठन भएको थियो। सो कार्यदलले आइतबार बिहानैबाट छलफल गरिरहेको छ।
तर, समितिको क्षेत्राधिकार विषयमा सहमति भएको छैन । समितिको टीओआर कार्यादेश बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक आज पनि अन्योलमा पर्ने देखिएको छ।
आइतबार बिहानैबाट कार्यदलका सदस्यहरू छलफलमा जुटेका थिए। स्रोतका अनुसार, कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि छलफलमा सहभागी हुन पुगेका छन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी