© २०२३
बुटवल, ३ जेठ । बुटवलको नेपाली लुगाघरले आम नागरिकको जीवन परिवर्तनको नया योजना ल्याएको छ । मादक पदार्थकै कारण हुने गरेको भयाभव दुर्घटना र यसका कारण हुने मानविय र भौतिक क्षतिलाई रोक्ने गरि ग्राहक वर्गलाई विशेष छुटको ब्यवस्था गरेको हो । ‘यो अभियानले सवारी दुर्घटनाबाट ठूलो जनधनको क्षतिलाई न्युनिकरण गर्न मद्यत मिल्ने आशा गरेका छौ ।’—लुगाघरका संचालक प्रकाश भुषालले भने । मादक पदार्थ सेवन नगर्ने प्रतिवद्घतासंगै लुगा खरिदमा २० प्रतिशत छुट हुने उनले बताए । एकातर्फ स्वदेशी उत्पादनलाई प्रवद्र्धन र अर्कोतर्फ मापसेबाट हुने दुर्घटनाको क्षति रोक्ने गरि सचेतना दिने यो अभियान थालेको उनले दाबी गरे । देशमा मन्दीको प्रभावका बेला नागरिकलाई स्वदेशी उत्पादन खपत गर्ने र विदेशबाट आयात रोक्न मद्यत मिल्ने उनले बताए ।
सुन्दा अचम्म लागेपनि यो जीवन परिवर्तन योजनाको सम्बन्ध देशको आर्थिक र स्वदेशी उत्पादनको प्रर्वद्धनसंग जोडिएको उनले बताए । मापसेबाट पारिवारिक विछोड, झैझगडा, विवाद, स्वास्थ्य समस्या, आर्थिक समस्या जस्ता धेरै समस्या आउने गरेको छ । सचेतना जगाउने गरि आफुहरु यो योजना ल्याएको उनले बताए । पुर्ण रुपमा बन्द नभई न्युनिकरणलाई जोड दिएको उनले बताए । अन्तराष्ट्रिय ब्राण्ड बनाएको कपडाहरुको शोरुपमार्फत जेठ ५ गतेबाट महिनाभरि २० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको उनले बताए । यो अभियान हरेक क्षेत्रबाट अगाडि बढाउन जरुरी रहेको उनले बताए । हाल देशका आधा दर्जन बढि कम्पनीका लुगाहरु राखिएको उनले बताए । एकपटक कपडा किनेपछि पुनः फर्किने सेवाग्राही धेरै रहेको उनले बताए ।
आर्थिक वर्ष २०७९/२०८० मा १२ जिल्लामा कुल ८९२ दुर्घटना भएकोमध्ये मापसेबाट ३२ वटा दुर्घटना भएको तथ्यांकमा देखिएको छ । यसैगरि आर्थिक वर्ष २०८०/२०८१ को बैशाख मसान्तसम्म १२ जिल्लामा कुल ९५० दुर्घटना भएकोमध्ये मापसेबाट ९० वटा भएको छ । कार्यक्रममा डेल्टा मार्टका संचालक चोला पाठक, बाबुराम बन्जाडे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले युवा वर्गबाट ल्याएको नया योजनाहरु सबैको साथ मिले सफल हुने बताए ।