ट्रेंडिंग:

>> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ

तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’

२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार

बुटवल,२ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित आनन्दवन स्वास्थ्य चौकीमा महिलाको पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्क्रिनिङ शिविर सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको यो कार्यक्रम पहिलोपटक वडा नंं ६ मा गरिएको वडाध्यक्ष गणेश पाठकले बताए । महिलाको स्वास्थ्य अवस्थाका बारेमा प्रारम्भिक जानकारी राख्न तथा क्यान्सर रोगबाट बचाउन यस्तो शिविरको आयोजना गरिएको पाठकले बताए।
कार्यक्रममा ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा स्क्रिनिङ गरिएको स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले बताए। ४० वर्षमाथिका महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहन्छ। सो स्वास्थ्य चौकीबाट शुरु गरिएको क्याम्प तिलोत्तमाका मुख्य ६ वटा स्वास्थ्य संस्थामा संचालन हुने पौडेलले बताए।

कार्यक्रमको शुभारम्भ गर्दै नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीले पाठेघरको मुखको क्यान्सर समयमा नै उपचार गरे ठिक हुने बताइन्।
नगरपालिकाले सधैको बर्षजस्तै निःशुल्क शिविरको स्वास्थ्य चौकीमा पहिलो दिन स्क्रिनिङ गरिएका १ सय ३५ जना मध्ये ६ जनालाई भीआईए पोजिटिभ, १ जनालाई युटेरस प्रोल्याप्स, १ जनालाई सीए र १४ जनालाई पीआइडि र अन्य १० जनालाई सामान्य लक्षण देखिएको स्वास्थ्य चौकी इन्चार्ज राम प्रसाद चुंदालीले बताए। लक्षण देखिएका बिरामीहरुलाई परामर्श सहित औषधी समेत बितरण गरिएको थियो। कार्यक्रममा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा बर्षा पौडेल, स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक केशव भट्टराई,लक्ष्मी घिमिरे सहितको टिमले महिलाहरुको स्वास्थ्य चेकजांच तथा उपचार र औषधी बितरण गरेको थियो।

सरकारले सन् २०३० सम्म ९० प्रतिशत महिलाको महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ। पाठेघरको मुखको क्यान्सरबाट विश्वमा दिनमा चार जनाको मृत्यु हुने गरेको छ। महिलामा असुरक्षित यौनसम्पर्क, धूम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा बर्षा पौडेलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?