© २०२३
बुटवल, २ जेठ । रुपन्देहीमा रक्तदाता, रगत संकलन कार्यसंगै रगतको माग बढ्दो छ । नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्रबाट न्युनतम दैनिक १२० युनिट खपत हुने गरेको छ । रुपन्देहीका ब्यवसायिक र सामाजिक संघसंस्थाहरु दैनिकजसो रक्तदान कार्यक्रम गर्दै आएको छ । तर पनि हरेक दिन रक्त संचार सेवा केन्द्रमा बिरामीका आफन्तहरुको भिड भेटिन्छ । मृगौलाको उपचार र शल्यक्रियाका विरामीहरुको ठूलो संख्याका कारण रगतको माग बढ्दै गएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री बताउछन । रगतको माग दैनिक बढ्दा अब भने यसको खपत न्युनिकरणमा जोड दिनुपर्ने उनको सुझाव छ । ‘कसरी हुन्छ रगत खपत कम गराउनेतर्फ जोड दिनुपर्छ ।’—उनले भने । चिकित्सक, ब्लड बैक र सामाजिक संघसंस्थाहरुको समन्वय भए यो सफल हुन सकिने उनले बताए । यसैगरि १७ वर्ष पूरा भएसंगै जन्मदिनलाई रक्तदान गर्ने अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए ।
रुपन्देहीमा वार्षिक रुपमा रक्तदाता र रगत संकलन बढ्दा रगतको खपतमा पनि कमी नआएको उनले बताए । ‘यहि अवस्था रहे रगतको भयाभव अवस्था आउन सक्ने अवस्था सक्छ ।’–उनले भने । यहाका संघसंस्थाहरुले अभियान थाल्नुपर्ने उनले सुझाव दिए । वैदेशिक रोजगारमा युवाहरु विदेशिने क्रम बढ्दा रक्तदान गर्ने युवा अभाव हुने देखिएको उनले बताए । रुपन्देहीमा वार्षिक रुपमा रक्तदाता र रगत संकलन बढेपनि रगतको खपतको विषय चिकित्सकहरुबाट अवस्था हेरिकन माग गर्नुपर्ने उनले सुझाव दिए ।
यसैबिच रोटरी क्लब अफ बुटवल डाउनटाउन क्लबको २३ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउन, रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।
विहिबार नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र बुटवलको भवनमा भएको कार्यक्रमको रोटरी ईन्टरनेश्नल ३२९२ जोन २५ का एजी सुनिल श्रेष्ठले उद्घाटन गर्दै रोटरी संस्थागत रुपमा स्वस्थ्य, शिक्षा र समाजको क्षेत्रमा निरन्तर काम गर्दै आएको बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष कमला हमालले विभिन्न रक्त समुहको रगत अभावलाई पुरा हुने गरि रक्तदान कार्यक्रम गरिएको बताईन । बिरामीका आफन्त रगत लिदा एक जनाअर्को ब्यक्तिको रिप्लेस गर्नुपर्ने र कतिपय अवस्थामा त्यो उपलब्ध नहुने भन्दै उनले क्लबबाट सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताईन । कार्यक्रमका संयोजक दलबहादुर क्षेत्रीले ५० युनिट रगत संकलन भएको बताए ।