ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

निजी बिद्यालयमा पाठ्यपुस्तक परिवर्तन : विद्यार्थी मर्कामा

२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार

पाल्पा, २ जेठ । पिताम्बर बस्यालका तीनवटा छोरा सबैले तानसेनको निजी शिक्षण संस्थामा माध्यमिक तहमा अध्ययन गर्दछन् । यस बर्ष उनलाई निजी बिद्यालयमा पठन पाठन गराएकोमा पश्चाताप भएको छ ।
सरकारी बिद्यालयको तुलनामा निजी बिद्यालयमा प्रत्येक बर्ष पाठ्यपुस्तक परिवर्तन भएका कारण उनलाई यस्तो भएको हो । यस बर्ष नयाँ शैक्षिक सत्रको सुरुवात भएसंगै तीन पटक पाठ्यपुस्तक परिवर्तन भएको छ । उनले भने ।
पिताम्बर बस्याल जस्ता निजी बिद्यालयका संयौ अभिभावकहरुलाई पाठ्यपुस्तक परिवर्तन हुनु स्वभाबिक भएपनि शैक्षिक सत्र सुरु भएको महिना दिन पूरा भएपछि कक्षा ८ देखि १० सम्मको ऐच्छिक गणित बिषयको प्रकाशन गृह परिवर्तन हुँदा अभिभावकहरु अन्योलमा परेका हुन् ।
निजी बिद्यालयहरुको छाता संगठन प्याब्सनले प्रकाशन गृहबाट पाठ्यपुस्तक लागु गराए बापत पाउने कमिसनको खेलमा लागेका कारण बिद्यार्थी, अभिभावकले सास्ती खेप्नु परेको अभिभावकहरुको गुनासो छ ।
कक्षा १० मा अध्ययनरत कृतिका भट्टराई भन्दछिन पहिले ओसन प्रकाशनको ऐच्छिक गणित लागु भएको कारण पसलबाट खरिद गरेको तर एक महिना पछि रिडमोर प्रकाशनको ऐच्छिक गणित लागु गर्ने भनियो, नयाँ प्रकाशनको यो बिषय पनि बजारमा आजसम्म पाइएको छैन । प्याब्सनले बिद्यार्थीको अनुकुलता भन्दा संगठनको अनुकुलताको लागी निर्णय गर्दा बिद्यार्थीमा अन्योलता उत्पन्न भएको छ । उनले भनिन् ।
प्याब्सनले नयाँ शैक्षिक सत्रको सुरुवात हुनु अगाडी कक्षा १ देखि १० सम्मको बिज्ञान बिषय, कक्षा १ देखि ५ सम्मको अंग्रेजी, कक्षा १ देखि ७ सम्मको नेपाली, कक्षा ४ देखि ७ सम्मको नेपाली ब्याकरण र कक्षा ६ देखि १० सम्मको अनिवार्य गणित बिषयको प्रकाशन गृह परिवर्तन गरेको थियो । त्यस्तै बैशाखको मध्य तिर कक्षा १ देखि ३ सम्म पढाई हुने सेरोफेरो बिषय प्याब्सनले परिवर्तन गर्यो । भने बैशाखको अन्त्यमा ऐच्छिक गणित परिवर्तन गरेको हो । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बित्न नपाउदै पठनपाठन हुने पुस्तकको प्रकाशन परिवर्तन हुदाँ अध्ययन गराउने र अध्ययन गर्ने दुबैलाई अन्योल भएको बिषयगत शिक्षकहरु बताउछन् ।
प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य भन्दछन् पाठ्यपुस्तक परिवर्तन भएको होइन प्रकाशन गृह परिर्वतन भएको हो । यो रहरले भन्दा बाध्यताका कारण भएको हो । यस बर्ष ऐच्छिक गणित प्रकाशन गृहका कारणले गर्दा परिवर्तन गर्नु परेको हो । उनले भने ।
प्रकाशन गृहबाट उपलब्ध हुने कमिसनको खेलका कारण प्याब्सनले प्रत्येक बर्ष पुस्तक परिवर्तन गर्दछ । सामुदायिक बिद्यालयहरुमा खासै पुस्तक परिवर्तन नहुने तर निजी बिद्यालयमा परिवर्तन भईरहने कमिसनको खेल बाहेक के हुन्छ र ? अभिभावक भरत थापा बताउछन् । पुस्तक ब्यबसायी समेत प्याब्सनको क्रियाकलाप प्रति असन्तोष भएका छन् । ब्यबसायी भन्दछन् एक महिना अगाडी बिक्रि गरेको पुस्तक फिर्ता गर्नु पर्यो । त्यो ब्यबसायका लागी नोक्सान हो ।
जिल्ला भरि निजी बिद्यालयमा ऐच्छिक गणित बिषय अध्ययन गर्ने बिद्यार्थीको संख्या आठ सय भन्दा बढी रहेको छ । शिक्षा समन्वय ईकाइा प्रमुख महेन्द्र सुबेदीका अनुसार जिल्ला भित्र ४९ वटा निजी बिद्यालयहरु रहेका मध्य माबि तहका १९ वटा बिद्यालयहरु रहेका छन् । प्याब्सनले पटक पटक पुस्तक परिवर्तन गरे पनि सबै पुस्तक हालसम्म पनि सजिलै उपलब्ध छैनन् ।
प्रकाशन गृहबाट पुस्तक लागु गरिदिए बापत कमिसनको खेल हुने भएका कारण बिगत देखिनै यस्तो नियति बिद्यार्थी तथा अभिभावकले बेहोर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?