© २०२३
नेविसंघले बुझायो ज्ञापनपत्र
नवलपुर । नेपाल विद्यार्थी संघ नवलपुरले गृहमन्त्री मन्त्री रवी लामिछानेलाई पदमुक्त गरी संसदीय छानबिन समिती बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार नेविसंघ नवलपुरका सभापति हरिवंश सुवेदीको नेतृत्वमा नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय पुगेको नेविसंघ नवलपुरले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
नेविसंघले बुझाएको ज्ञापनपत्रमा सहकारी ठगी प्रकरणमा मुछिनु भएका माननीय गृहमन्त्रीलाई पदमुक्त गरी संसदीय छानविन समिति गठन गर्न माग गरिएको छ ।
त्यसै नेविसंघले ज्ञापनपत्र मार्फत सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न, सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न , विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एवं संशोधन सहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागु गर्न माग गरेको नेविसंघ नवलपुरका सभापति हरिवंश सुवेदीले बताए ।