© २०२३
बुटवल, ३१ बैशाख । बालबालिकाहरुको दात मुख स्वास्थ्यप्रति सचेत बनाउने गरि बुटवलको लुम्बिनी बोर्डिङ स्कुलमा एक दिने निशुल्क डेन्टल हेल्थ क्याम्प सम्पन्न भएको छ । आले मेडिकल हस्पिटल प्रालिको प्राविधिक सहयोगमा सोमबार विद्यालय परिसरमा शिविर गरिएको हो । शिविर शुभारम्भ गर्दै विद्यालयका प्रधानाध्यापक लालहरि पाण्डेले विद्यालयका नियमित वार्षिक कार्यक्रममा अन्तरगत कार्यक्रम गरिएको बताए । कक्षा नर्सरीदेखि १० सम्म अध्ययरत ६५० जना विद्यार्थीहरु तथा अभिभावकलाई समेत निशुल्क दन्त परिक्षण गरिएको उनले बताए ।
दातको नियमित सरसफाई र जाच गरे ठुलो स्वास्थ्य समस्याबाट बच्न सकिने हुदा पनि कार्यक्रमलाई जोड दिईएको उनले बताए । दन्त सुरक्षाका बारेमा बालबालिकासंगै अभिभावकहरुलाई समेत परिक्षण गरिएको उनले बताए । अस्पतालका लोबिशा श्रेष्ठ, सोनिया थापा, देबि लुङगेली, दिया जर्घा, कृष्ण सुनारले प्राविधिक सहयोग गरेका थिए ।
कतिपय बालबालिकाहरुलाई टुथब्रस र मेडिसिनसमेत आवश्यकता अनुसार वितरण गरिएको अस्पतालका कृष्ण सुनारले बताए । परिक्षणका क्रममा थप उपचार आवश्यक रहेकाहरुलाई अस्पतालमा २० प्रतिशतसम्म छुटको समेत ब्यवस्था गरिएको उनले बताए ।