© २०२३
बर्दघाट, ३० बैशाख । आइतबार विहानको भिषण वर्षाको कारण बुटवल नारायणघाट सडक खण्ड अन्तर्गत दाउन्ने सडक खण्ड अबरुद्ध भएको छ । विहान करिव ६ बजेबाट सडक अवरुद्ध भएको हो । सडक स्तरोन्नतीका काम भइरहेको यस सडक खण्ड सामान्य वर्षा हुँदा पनि जाम हुने गरेको छ । पहाडी साँघुरो बाटो रहेको यस खण्डमा नियमित मर्मत सम्भार नहुँदा जामको समस्या बढदै गएको छ ।
स्तरोन्नतीको क्रममा बाटोमा भएका खाल्डा नपुरिँदा र पानी पर्ने वित्तिकै चिप्लो बाटोको कारण जाम हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्र्यालयका प्रमुख प्रहरी निरिक्षक राजु खत्रीले बताए । अहिले दाउन्ने पहाड खण्डको सडकमा लेदो (दलदल) का कारण बाटो अवरुद्ध भएको र गिटी मिस्कट राखेर एकतर्फि बाटो सँचालनमा ल्याउने प्रयास भइरहेको उनले बताए । यदि अव वर्षा नभएमा बाटो सँचालनमा आउने उनको भनाइ छ ।
स्तरोन्नतीको क्रममा रहेको सडकको नियमित मर्मत सम्भार नहुने, सडकका खाल्टा पुर्न निर्माण कम्पनी उदासिन हुँदा सडकमा समस्या आइरहेको यस सडकखण्ड हुँदै यात्रा गर्नेहरुले गुनासो गर्ने गरेका छन ।
एकछिनको वर्षातले घण्टौँ सडक जाम हुने गरेको छ । गन्तब्यमा हिँडेका सवारीहरु अहिले पश्चिम नवलपरासीको बर्दघाट टि सि यन र पूर्वी नवलपरासीको दुम्किबासमा रोकेर राखिएको र सडक सुचारु भएपछि गन्तब्यमा पठाइने ट्राफिक प्रहरीको भनाइ छ ।