ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न

२९ बैशाख २०८१, शनिबार
२९ बैशाख २०८१, शनिबार

बुटवल, २९ वैशाख ।

गुल्मीको इस्मा दोहली स्थायी घरभई हाल विभिन्न पेशा तथा व्यवसाय गरी रुपन्देहीमा बसोबास गर्ने व्यक्तिहरूको संस्था इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको प्रथम अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।

इस्मा दोहलीबासीहरु भौगोलिक कठिनाइका कारण एक अर्काबिच परिचित हुन नसकिरहेको अवस्थामा रुपन्देहीमा बस्नेहरुबिच परिचय, एक अर्कामा सहयोग, एकता, सहकार्य गर्ने उद्देश्यले यो साधारण सभा तथा अधिवेशन गरिएको हो ।

कार्यक्रमको उदघाटन इस्मा गाउँपालिका वाड नं. ४ का वडा अध्यक्ष राजु बस्नेतले गरेका थिए । त्यस अवसरमा उनले दोहलीमा जन्मी हुर्की रुपन्देहीलाई कर्मथलो बनाई काम गरिरहेका नागरिकले जन्मथलो नबिर्सी संस्थागत तथा व्यक्तिगत रूपमा २०७७ को बाढी पहिरो, कोरोना काल र हाल डढेलोले क्षत बिक्षत बनाएको अवस्थामा आर्थिक तथा भौतिक रूपमा सक्दो सहयोग पुर्याएको र आगामी दिनमा पनि हातेमालो गर्ने बताए ।

इस्माली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष कृष्णबहादुर जिसीले इस्मालीहरु गैरआवासीय नागरिक जस्तै भएपनि हरेक कठिनाईमा संस्थाले ऐतिहासिक कार्य गर्दै आएको बताए ।

इस्माका ६ वटै वडाहरुको सम्पर्क समाज गठन भएको र यिनीहरूको छाता संगठन इस्माली सम्पर्क समाज रुपन्देही भएकोले यसको प्रत्येक क्रियाकलापको निगरानी राख्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै जिसीले आगामी दिनमा इस्माली हरुलाई पर्ने हरेक समस्यामा यो संस्था अग्रस्थानमा रहने बताए ।

दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा बार्षिक प्रतिवेदन पेस गर्दै समाजका अध्यक्ष पुनाराम पोख्रेलले संस्थाको लक्ष्य उद्देश्य, यसको प्रगति र आगामी कार्यदिशाको बारेमा प्रकाश पारेका थिए । संस्थाको आर्थिक अवस्था, भैपरी आउने समस्या यसको आर्थिक बचत तथा खर्चको विवरण विष्णु प्रसाद अधिकारीले पेश गरे ।

कार्यक्रममा समाजलाई विशिष्ट सहयोग गर्ने र जेष्ठ सदस्यहरू बाबुराम पोख्रेल, नारायण प्रसाद अर्याल, लक्ष्मी खड्का र खालु प्रसाद पोख्रेल लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समितिका अध्यक्ष पुनाराम पोखरेल, उपाध्यक्ष तुलसी बस्नेतलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनले १३ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ जसको अध्यक्षमा पुनाराम पोख्रेल, उपाध्यक्ष नेत्र प्रसाद अधिकारी र तुलसी राम बस्नेत, सचिव वसन्त हितान, सह सचिव तेज बहादुर घर्ती, कोषाध्यक्ष मोहन भण्डारी, सह कोषाध्यक्ष नित्य बहादुर घर्ती र सदस्यहरुमा विमला खड्का, प्रकाश बस्नेत, हरिलाल गुरुङ लगायत चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?