© २०२३
काठमाडौं,२५ बैशाख । सभामुख देवराज घिमिरे र प्रमुख दलका नेताहरुबीचको छलफल निश्ष्कर्षविहीन भएको छ । संसदको गतिरोध हटाउन राखेको बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा आफूहरुले पुरानै अडान राखेको प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले उपप्रधान तथा गृहमन्त्री एउटा व्यक्ति मात्रै नभएकाले अरुको छानबिन गर्ने उनको छानबिन नगर्ने भन्ने कुरा नहुने बताए । आगामी सदन चल्ने नचल्ने भन्ने कुरा सरकारको भूमिकामा निर्भर रहेन उनले बताए । सदन चल्ने नचल्ने विषय सरकार कसरी प्रस्तुत हुन्छ भन्नेमा भर पर्ने उनले बताए । कोही नेता कानून भन्दामाथि छैनन् त्यसैले प्रश्न उठेपछि सरकार आफैंले छानबिन गर्नुपर्छ उनले भने ।