© २०२३
काठमाडौं,२५ बैशाख । भारतमा आज लोकसभा निर्वाचनअन्तर्गत आज मंगलबार तेस्रो चरणको मतदान भइरहेको छ।
भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशका ९३ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदाबादस्थित निशान माध्यमिक विद्यालयको मतदान स्थलमा आज मतदान गरे।
तेस्रो चरणमा आसामका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्यप्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बंगाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवं दामनका २ स्थानमा चुनाव भइरहेको हो।
यस चरणमा १२० जना महिलासहित एक हजार ३०० उम्मेदवार चुनावी मैदानमा छन्। आजको मतदानमा १७ करोड मतदाता छन्। यसका लागि लागि १ लाख ८५ हजार मतदान स्थल रहेको आयोगले जनाएको छ।
आजका लागि तय भएको जम्मु काश्मिरको अनन्तनाग रजौरीको निर्वाचन स्थगन गरिएको र उक्त निर्वाचन आगामी मे २५ का लागि तय भएको निर्वाचन आयोगले जनाएको छ।