© २०२३
काठमाण्डौ ।
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविरामका लागि भएको वार्ता असफल भएको छ । इजिप्टमा भएको वार्तामा दुवै पक्षले एकअर्काप्रति आरोप– प्रत्यारोप लगाउन थालेपछि विना निष्कर्ष टुङ्गिएको हो । वार्ता बिथोलिनुमा दुवैले एकअर्कालाई आरोप लगाएका बीबीसीले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासका नेताका कारण वार्ताले गति नलिएको आरोप लगाउनुभयो । गाजामा युद्धविराम र इजरायली बन्धकलाई रिहा गर्ने उद्देश्यले मध्यस्थकर्ताको पहलमा इजिप्टको राजधानी कायरोमा वार्ता भएको थियो ।
यसैबीच वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट आक्रमण भएको छ । गाजा क्षेत्रबाट भएको आक्रमणमा आफ्ना तीन सैनिक मारिएका र केही घाइते भएका इजरायलले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी