ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

वन डढेलोको फैलावट र बस्तीमा त्रास

२४ बैशाख २०८१, सोमबार
२४ बैशाख २०८१, सोमबार

लामो समयसम्म पानी नपरेकोले गर्दा अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष डढेलो र आगलागीका घटनाहरू धेरै हुने अनुमान पहिले नै गरिएको थियो । तर, अहिले अनुमान गरेभन्दा धेरै यस्ता आगलागीका घटनाहरू भईरहेका छन् । चैत्र महिनामा सामान्य रूपमा देखिएको डढेलो बैशाखको पहिलो सातादेखि नै विकराल बन्दै गएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रको विपद सम्बन्धि दैनिक रिपोर्टका अनुसार चैत्र १ देखि बैशाख २० को अवधिमा मात्र देशभर डढेलो र अन्य आगलागीका ठूला २०१३ वटा घटनाहरू भएका छन् । आगलागीमा परेर ४० जनाको मृत्यु, १३१ जना घाईते भएका छन् भने २४९६ परिवार प्रभावित भएका छन् । डढेलो र आगलागीमा परेर १०६६ घरमा पूर्ण क्षति र ५२३ घरमा आंशिक क्षति पुगेको छ । यो ५० दिनको अवधिमा अनुमानित ८२ करोड १३ लाख रुपियाको भौतिक क्षति भैसकेको छ । डढेलो र विपदको यो ग्राफ दिनहँु तिब्र गतिमा बढिरहेको छ । तराईमा वस्तीका कुनै घरबाट शुरु भएको आगो वस्तीमा फैलिएर पूरै वस्ती जलेका घटनाहरू छन् भने पहाडी क्षेत्रमा जंगलको डढेलो नियन्त्रण भन्दा बाहिर गएर हेर्दाहेर्दै वस्तीहरू स्वाहा भएका दुखद समाचारहरू दिनहु आईरहेका छन् । पानी पर्ने संकेत नदेखिएकोले यो वर्ष आगलागीको क्षतिको आंकडा बिशाल हुने निश्चित छ ।
विगतमा अधिकांश डढेलो चुरे र तराईका वनमा लाग्ने गरेकोमा अहिले डढेलोको फैलावट महाभारत पर्वतीय क्षेत्रको वनमा पनि धेरै देखिएको छ । अर्घाखाँचीको भुमिकास्थान र शितगंगा, गुल्मीको चन्द्रकोट, कालिगण्डकी, इश्मा र रेसुंगा, पाल्पाको निस्दी, पूर्वखोला, रैनादेवीछहरा, रामपुर र रिब्दिकोट, प्युठानको मल्लरानी, झिमरुक, माण्डवी र नौबहिनिमा धेरै डढेलो लागेको छ । तराईतर्फ भने बाँकेको राप्ति सोनारी तथा बाँके र बर्दिया राष्ट्रिय निकुन्जमा धेरै डढेलो रेकर्ड भएका छन् । रूपन्देही, नवलपरासी र कपिलवस्तुमा विगत जत्तिकै डढेलो लागेको छ भने रोल्पा र रुकुम पूर्वमा ठुलो डढेलो नलागेको वन तथा वातावरण मन्त्रालयको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका ताजा तथ्याकहरूले देखाएका छन् । डढेलो बढी लागेका स्थानहरूमा नै अन्य आगलागीका घटनाहरू धेरै भएका छन् अनि वनको डढेलो वस्तीमा फैलिएर कैयौ घरहरू खरानी भैसकेका छन् । पछिल्ला ५० दिनमा लुम्बिनी प्रदेशमा डढेलो र आगलागीका ४९५ घटनामा परेर ४ जनाले ज्यान गुमाईसकेका छन् भने ३०४ घरमा पूर्ण क्षति, १४९ घरमा आंशिक क्षति, २७४ गोठमा क्षति भैसकेको छ । आगलागीका घटनाबाट ७८१ परिवार प्रभावित भएका छन् । वन र जैविक विविधतामा भएको क्षतिको त् अनुमान गर्न पनि नसकिने अवस्थामा छ । अहिले तराईमा भन्दा पहाडमा आगलागीका घटना र त्यसबाट हुने क्षति उच्च रहेको छ । आगलागी ÷डढेलोबाट पहाडमा बढी क्षति हुनुका मुख्य कारण निम्न रहेको देखिन्छ ।

१. सुख्खा र खडेरी
चैत्रमा लुम्बिनी प्रदेशको केही पहाडी स्थानमा हलुका वर्षा भएपनि ५ महिनायता पहाडी क्षेत्रमा पानी परेको छैन । जलवायु परिवर्तनले गर्दा पहाडी क्षेत्रको औशत तापक्रम बढिरहेको अवस्थामा लामो समयसम्म वर्षा नहुँदा पहाडमा सुख्खापन निकै बढेको छ । वन र वस्तीका घाँसपात, रुख विरुवाहरू सुकेकोले आगलागीको लागि उपयुक्त आधार तयार भैरहेको छ । यस्तो अवस्थामा मानिसको लापरवाही र प्राकृतिक कारणले उत्पन्न सानो झिल्को पनि पात पतिंगरमा पर्ने वित्तिकै नियन्त्रण गर्न नसकिने डढेलो बनेर फैलिने गरेको छ ।

२. झाडी वृद्धि र वन सफाईको कमी
बसाईसराईले घाँस दाउराको उपयोगमा कमी र खेतीपातीमा कमी आएकोले एकातर्फ घर छेउछाउ झाडी बढेको छ भने अर्कोतर्फ खेतबारीमा घाँसपात र बुट्यान बढेको छ । घाँस दाउरा र चरिचरन नहुँदा वस्ती नजिकका वनहरूमा समेत घाँस, खर, स्याउला र सुकेका हाँगाबिंगा त्यत्तिकै रहने गरेका छन् । पहाडी क्षेत्रका कतिपय घरहरू त अचेल जंगलको विचमा भएजस्तो देखिन थालेका छन् । यसले गर्दा वनमा लागेको डढेलो सजिलैसंग वस्तीमा पुग्ने र वस्तीको आगो सजिलैसंग वनमा पुगेर ठुलो क्षति गरेको देखिन्छ ।

३. पूर्व तयारीको कमी
यसपाली कम पानी परेकोले आगलागीको जोखिम धेरै भएको कुरा सबैलाई थाहै थियो । यहि जोखिमलाई ध्यानमा राखेर पहाडी क्षेत्रमा डढेलो÷आगलागी नियन्त्रणका कामहरू स्थानिय वासिन्दा र पालिकाहरूले गर्नुपर्नेमा यी दुई पक्षहरूले ध्यान नदिएको देखिन्छ । सामुदायिक वन उपभोक्ता समुह र स्थानीय सरकार मिलेर वस्ती वरपरको झाडी सफाई गर्ने, वनका पत्करहरू हटाउने, वस्ती नजिक सदाबहार विरुवा रोपेर अग्निरेखा बनाउने जस्ता कामहरूमा स्थानीय वासिन्दाहरू चुकेको देखिन्छ । वन र वस्तीको सम्पर्क तोड्न सकेको भए आगलागीको फैलावट धेरै हदसम्म रोक्न सकिने थियो । प्रदेश सरकारले डढेलो विरुद्धको पूर्वतयारी गर्नको लागि बजेट विनियोजन समेत गरेको थियो । यो बजेटबाट जनता परिचालन गरेर आगलागी रोकथामका पूर्व तयारी गर्न सकिने भएपनि वन कार्यालयहरूले वनसँग सेलिब्रेटी भन्दै राजधानीबाट कलाकार बोलाएर शहरमा नचाएर बजेट सकेको देखिन्थ्यो । यसले गर्दा डढेलो विरुद्धको पुर्वतयारि र नियन्त्रणका कामहरू प्रभावकारी रूपमा हुन सकेनन् ।

४. सहभागिताको कमी
सामुदायिक वन समूह गठनमा हुने चरम राजनीति अनि वन पैदावारको मागमा कमीले गर्दा वनप्रति स्थानीय वासिन्दाको अपनत्व र वन व्यवस्थापनमा सहभागितामा कमी भैरहेको छ । यसको प्रत्यक्ष असर डढेलो नियन्त्रमा परेको देखिन्छ । वस्तीको नजिकै डढेलो आउँदासम्म पनि निभाउनको लागि चासो नदिने, आपसमा सूचना आदानप्रदान र नियन्त्रणमा हातेमालो नगर्ने, वनमा आगो लाग्दा कसरी निभाउने भन्दा पनि भिडियो सामाजिक संजालमा राखेर कसरी भाईरल हुने भन्ने सोच समेत धेरै मानिसहरूमा देखिएको छ । बस्ती नजिकै आगो आउन लाग्दा पनि बचावटको उपायहरू नअपनाएर मिडिया बोलाएर आगलागी देखाउन खोज्ने, डढेलो नियन्त्रण गर्ने काम स्थानीय सरकार र वन कार्यालयको हो भनेर ति निकायहरूलाई पर्खेर बस्ने गरेको गुनासो ति निकायहरूबाट आउने गरेको छ । पूर्वतयारी, नियन्त्रण र पुनस्र्थापनामा जनसहभागिताको कमीले गर्दा आगलागीबाट हुने क्षतिको मात्रा वर्षेनी बढेको देखिन्छ ।

५. जलाधार क्षेत्रको विनास
लुम्बिनी प्रदेशका सबै सानाठूला खोला नदीहरूको जलाधार क्षेत्र पहाडमा नै रहेको छ । अहिले पहाडका जलाधार क्षेत्रहरू निकै सुख्खा भएका छन् । पहाडका खोल्साखोल्सीमा पानीको त कुरै छोडौ, चिस्यान सम्मपनि देख्न मुस्किल हुन थालेको छ । जथाभावी रूपमा खनिएका सडकहरूले जलाधार क्षेत्रलाई विथोलेका छन् । जमिनको जल शोषण क्षमता घटेको छ, जमिन भित्रका जल बहावमार्ग र खोल्साखोल्सिहरू अवरुद्ध भएका छन् । पहिले खोला खोल्सामा पानी हँदा त्यसको छेउछाउ हरियाली भैरहन्थ्यो, जसले वनमा डढेलो लाग्दा प्राकृतिक अग्नि रेखाको काम गर्दथ्यो । खोला खोल्सामा पानी हुँदा आगलागी हुँदा तत्कालै निभाउन सहज हुन्थ्यो । अहिले जलाधार क्षेत्र विनास हुँदा वनको डढेलो एक क्षेत्रदेखि अर्को क्षेत्रमा सहजै फैलिन पाएको छ । खोल्साखोल्सी सुख्खा हुँदा खानेपानीकै हाहाकार भैरहेको अवस्थामा आगलागी हुँदा टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता छ ।

अहिले वन र वस्ती सबैतिर आगलागीको त्रास छ र आगोमा परेर वन र धन दुवै खरानी भैरहेको छ । आउँदा दिनमा कतिसम्म क्षति पुग्ने हो भन्ने कुराको अनुमान गर्न कठिन छ । तर आउँदा वर्षहरूमा अझ स्थिति भयावह हुने अनुमान भने सजिलै गर्न सकिन्छ । तापक्रम वृद्धि, सुख्खा र खडेरीलाई हामी नेपालीले टार्न सक्दैनौ, तर हाम्रो व्यवहार र लापरवाहीको कारणले गर्दा हुने आगलागिलाई रोक्न भने सक्छौ । पूर्व सावधानी, रोकथामको तयारी जस्ता कुरामा ध्यान दिन सकेमा पनि धेरै जोखिम कम गर्न सकिन्छ । स्थानीय सरकार र पालिकाहरूले डढेलो÷आगलागी नियन्त्रणको लागि समुदायसंग सहकार्य गर्ने, साधन श्रोत सम्पन्न गराउने र वनप्रति अपनत्व हुन सक्ने कार्यक्रम गर्ने हो भने आगोको चपेटाबाट वन, जन र धनलाई जोगाउन सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?