ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

२३ बैशाख २०८१, आइतबार
२३ बैशाख २०८१, आइतबार

लुम्बिनी,२३ बैशाख । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग माग गरिएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा लुम्बिनीमा सम्पन्न अन्तराष्ट्रिय बौद्ध गोष्ठीमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान, अध्येता तथा अनुसन्धानकर्ताहरुले बुद्धजन्मस्थललाई शान्ति र बौद्ध दर्शनको उद्गमस्थलका रुपमा प्रवद्र्धन गर्ने र बौद्ध ध्यान र साधनाको राजधानीका रुपमा शान्ति शहर घोषणा गर्न माग गरेका हुन् ।
“विश्वव्यापी चुनौतिहरुको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता” विाष्यक गोष्ठीमा उनीहरुले राजनीतिक व्यवस्थाको परिवर्तन तथा सम्पूर्ण द्वन्द्वका विषयहरु समाधान भइसकेकाले बुद्ध जन्मस्थल नेपाललाई शान्ति देश घोषणा गर्न संयुक्त राष्ट्र संघ समक्ष आग्रह गरे ।
बौद्ध शिक्षालाई विद्यालय तहदेखिको शैक्षिक पाठ्यक्रममा समावेश गर्दै बौद्ध दर्शनको अध्ययन, अनुसन्धानलाई विशेष प्राथमिकतामा राख्नका लागि सम्बन्धित निकायलाई विशेष अनुरोध गरे ।
“वातावरणीय असन्तुलन, आर्थिक संकट, आपसी द्वन्द्व र अपराध तथा मानसिक प्रतिकुलनताजस्ता विश्वव्यापी समस्याको समाधान तथा न्यूनिकरणका लागि शील, समाधि र प्रज्ञायुक्त समाज निर्माण गर्न बौद्ध शिक्षाको विश्वव्यापीकरण आवश्यक देखिएकाले बौद्ध शिक्षाको अध्ययन, अनुसन्धानमा जोड दिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौ”, गोष्ठीपछि सार्वजनिक गरिएको लुम्बिनी घोषाणापत्रमा भनिएको छ ।
यसअघि गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा आफ्ना धारणा राख्दै योग गुरुहरुले अहिले बढ्दो सामाजिक समस्याको समाधान योग भएकोमा जोड दिए  ।
अनाइनमार्फत आफ्ना धारणा राख्दै आचार्य बालकृष्ण र डा विकासानन्दले मानव जातीले दुःखबाट मुक्ति पाउने एकमात्र उपाय ध्यान र साधना भएको बताउँदै जीवनका समस्याबाट पार पाउन योग गर्न सबैलाई आग्रह गरे ।
गोष्ठीमा योगगुरुहरु डा भोलानाथ योगी, डा चिन्तामणि योगी, भानु शर्मा, प्राडा बिशाल सिटौला र डा क्षितिज बराकोटीले सबै धर्म, पराम्परा र योगको भूमि नेपाल भएकाले यसलाई हरेक ब्यक्तिको जीवनपद्धतीसँग जोड्ने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शन र योगलाई जोडेर नयाँ पाठ्यक्रम बनाइ कार्यान्वय गर्ने तयारी गरेको उल्लेख गर्दै यसबारे सबैको राय सुझाव आवश्यक रहेको बताए।
बौद्ध अध्ययन संकायका डीन डा माणिकरत्न शाक्यले बौद्ध दर्शन र विपश्यनाका माध्यमबाट आपसी द्वन्द्व र समस्या समाधान गर्न सकिने भएकाले विश्वविद्यालयले पनि यसलाई छुट्टै विषयका रुपमा अध्ययन अध्यापनको तयारी थालेको बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले शान्ति, मैत्री र करुणाको भावना विकास गर्न योग र साधना गर्न आवश्यक रहेकोमा जोड दिए।
गोष्ठीमा लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, डा निमा शेर्पा, कमल थापा, लक्ष्मी पोखरेल लगायतले बौद्ध दर्शन र योगका विषयमा विद्यालय तहदेखि नै नयाँ पाठ्यक्रम आवश्यक रहेको बताए ।
गोष्ठिमा नेपालसहित थाइल्याण्ड, फ्रान्स, स्टोनीया, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, श्रीलंका, पोर्चुगल, नर्वे लगायतका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?