Butwal Today

गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा

१९ बैशाख २०८१, बुधबार
अ+
अ-

बुटवल (बुटवल टुडे), १९ बैशाख– अत्यधिक गर्मी बढ्दै गएपछि बुटवलका विद्यालय २ दिन विदा हुने भएका छन् । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गरी गत केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने सम्भावना देखिएकाले बैशाख २० र २१ गते विद्यालयलाई विदा दिइएको जनाएको छ ।’

गत केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने सम्भावना देखिएको हुँदा विद्यालयहरूले गर्न पाउने वार्षिक विदाबाट कट्टी हुने गरी मिति २०८१ साल वैसाख २० र २१ गते जम्मा २ दिन विद्यालय बिदा गर्नुहुन यस कार्यलयको मिति २०८१।१।१८ को निर्णय अनुसार निर्देशन गरिएको व्यहोरा अनुरोध छ,’– सूचनामा भनिएको छ ।