© २०२३
बुटवल, १९ बैशाख । रामलखन चौधरी दैनिक मजदुरी गर्ने आफना भिनाजुसँग बुटवल आएको १० वर्ष पुगेछ । दैनिक आफूले कमाएको पैसाले घरमा बुढी आमा, श्रीमती र तीन सन्तानको लालन पालनका लागि खर्च गर्ने गर्दछन् । उमेरले ३६ वर्ष पुगेका चौधरीलाई आफूले दैनिक काम नगर्ने हो भने परिवाको मुखमा माड लाग्दैन । उनी भन्छन्–‘गाँउमा बस्नलाई सानो घर छ मात्रै छ बाँकी परिवारका न्यूनतम आवश्यकताका लागि मैले घाम पानी नभनि काम गरिरहेको छु ।’
चौधरी यहाँ आफ्ना दिदी भिनाजुसँग बसेर दैनिक घर बनाउने काम गरिरहेका छन् । भिनाजुले कामको ठेक्का लिनु हुन्छ म उहाँसँगै मिस्त्रीको रूपमा काम गर्छु । यसरी दैनिक रूपमा काम गर्दा पनि आवश्यकता पुरा गर्न सकस छ । विहानै ८ बजे बाट साँझ ५ बजे सम्म काम गर्दा पनि उही सामान्य आवश्यकता पुरा भएको छ ।
उनीसँगै भेटिएका बुटवल रानीगञ्जका सागर परियारले पनि यसरी घर बनाउने काम गर्न थालेको ६ वर्ष भएछ । उनी भन्छन् पढ्ने बेलामा पढिएन अहिले राम्रो काम खोजेर कहाँ पाउनु जे सकिन्छ त्यहि गर्नुको विकल्प छैन । समयले सबैसँगै परिवारको जिम्मेवारीले थिचेको छ ।
विदेश गएर पैसा कमााउने रहर पनि थियो त्यो पुरा भएन । आज भन्दा पाँच वर्ष अगाडि कतार जानका लागि ऋण खोजेर आफनै मान्छेलाई एक लाख रुपिया बुझाए पछि त्यो काम भएन भने पैसा पनि दिएन । त्यो श्रृण तिर्न कति सकस भयो । त्यस पछि विदेशको मोह छाडेर यहि नै काम गर्नुपर्छ भन्ने सोंचेर मन लगाएर नै यहि काम गरिरहेको छु । धेरै धन सम्पति कमाउन नसके पनि सामान्य जिवन बितेको छ । मेरो श्रीमती पनि मसँगै काम गर्ने भएकाले पनि दुईछा बच्चालाई पढाउन सकेका छौ । हामीले दैनिक १५ सय कमाउछौ श्रीमान र श्रीमतीले गरेर । केही घर खर्च हुन्छ केही थोरै बचत पनि छ ।
कुरा गरिरहेका सागरलाई मजदुर दिवस बारे भने अनविज्ञ छन् । खै के हो यो थाहा छैन । यस्ता सरकारले भन्ने कुरा पछि लाग्ने हो भने त काम गर्न पनि पाईदैन । हक अधिकार भन्ने कुरा सबै सम्पन्न मानिसहरूका लागि हो । यो विषयमा जानकारी नभएकै राम्रो छ उनी भन्छन् यस्ता विषयमा जान्नी हुनी हो भने गरिरहेको काम पनि फुस्किन्छ त्यसैले यो बारे थाहा छैन । भए पनि हामी गरिवहरूले के गर्न सक्छौ र यहि साहुले बालुवा ईट्टा बोक्ने काम नदिएर के गर्ने कसरी खाने ?
सैनमैनागरपािलकाका लखना थारुले स्थानिय फर्निचरका लामो समय देखि काम गरेका छन् । उनी त्यहाँ हेड मिस्त्रीका रूपमा रहेर काम गर्छन । उनले त्यहाँ ग्रहाकको चहान अनुसारका फर्निचरका सामानहरू निर्माण गर्ने गरेको लामो समय भएको तर पनि उनले चित्त बुझ्ने पारिश्रमिक पाएका छैनन । उनी भन्छन् कम तलव भए पनि काम गरिररहेको छु आफनो परिवारसँगै छु यहाँ भए पछि घरको काममा पनि मेरो सहयोग छ । यहाँ त मैले जस्तो भन्यौ त्यस्तै फर्निचरका सामान बनाउन सक्छु । जति राम्रा र धेरै निर्मााण गर्न सक्यौ त्यति पैसा पाउछु । थारु भन्छन् अहिले अवस्था यस्तो छ कि हक अधिकार खोज्ने हो भने काम गर्न पनि दिँदैनन अनि घरका बाल बच्चाका बिच्चली हुन्छ त्यो भन्दा चुपचाप चित्त बुझाउनु नै बेस हुन्छ । यहाँ साहुलाई मन नपर्दा दिनमा जा भने जान पर्छ । त्यस्ता दिवस र अधिकार त कहाँ पाउन कहाँ देख्नु ।
दिवस मनाउन थालेको लामो समय भए पनि यस्ता दैनिक मजदुर गर्नेहरूलाई नत आराम ८ घन्टा नत मनोरञ्जन नत घर परिवार चाहना पुरा गर्ने प्रसस्त आम्दानीको बाटो छ । यहाँ दैनिक काम गर्ने हजारौं मजदुरलाई यस्ता दिवसले कहिल्यै छुदैन । सधै दिवस नारामा सिमित छ । बास्तविक मजदुरी गर्नेहरूका समस्याहरू सधै उस्तै देखिन्छन् । दिवसका अवसरमा हुने कार्यक्रमहरू पनि हुनेखाने वर्ग नै देखिन्छन् । वास्तविक मजदुरको नाम मात्रै हो उनीहरूलाई दिवसले कहिल्यै छुन सकेको छैन । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।
१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरूले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रूपमा सार्वजनिक विदा दिन थालेको हो ।