© २०२३
बुटवल,१८ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन्।
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै उनले कोशी प्रदेश नामाकरण गर्दा केही पनि नब्रिगिएको बताए। साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्रिने ओलीको तर्क थियो।
उनले कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेदनशील बन्नुपर्ने आवश्यकता नभएको उल्लेख गरे। विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे। पहिचान केलाई भन्ने ? हामी सबै नेपाली हौँ। पहिलो पहिचान हाम्रो त्यो हो। हामी धनी भयौं भने धनि नेपाली, गरिब भयौँ भने दुनियाँले हेप्ने गरिब नेपाली। त्यही हो पहिचान भन्दै ओलीले स्पष्ट पारे ।