© २०२३
बुटवल, १६ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशरभरका जुनसुकै पालिकाका गरीब तथा अशक्त विरामीहरुलाई काठमाडौंमा निशुल्क उपचार गरिदिने घोषणा गरेका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पाष्ट गर्दै निशुल्क उपचारको जानकारी गराएका छन् । उनले निशुल्क उपचार सेवा पाउन आफ्नो पालिकाबाट विपन्न र असहायको सिफारिश ल्याई काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र रहेका ४३ अस्पतालका ३२३ वटा बेडमा गरीब तथा अशक्त र असहायलाई आवश्यकता अनुसार निशुल्क उपचार गरिने मेयर बालेनले उल्लेख गरेका छन् ।
यस्तो छ उनको स्टाटस