© २०२३
बुटवल, १५ वैशाख ।
रोटरी क्लव अफ बुटवलको १५ सय ११ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ ।
बैठकको एजेण्डा गेष्ट स्पीकर रहेको थियो । बैठकमा गेष्ट स्पीकरको रुपमा वरिष्ठ साहित्यकार डा. मुरारी पराजुली सहभागी भएका थिए । त्यस अवसरमा बोल्दै उनले साहित्यका विविध पक्षमाथि प्रकाश पारेका थिए ।
साहित्य सामाजिक यथार्थ र जीवनलाई बोध गराउने सशक्त माध्यम भएको भन्दै डा. पराजुलीले साहित्यले समाजलाई मार्गनिर्देश गर्ने गरेको उल्लेख गरे । यहाँ हरेक साहित्यिका विधामा लेख्ने साहित्यकारहरू क्रियाशील रहेको उल्लेख गर्दै साहित्यले निराशा होइन, आशा जगाउन सक्नुपर्ने बताए ।
बैठकमा क्लवका अध्यक्ष करुण खनालले क्लवका गतिविधिबारे प्रकाश पारेका थिए । बैठकमा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, अन्य रोटरीयनहरु टिकाराम न्यौपाने, तारानाथ भट्टराई लगायतले विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए ।
बैठकमा उपपिस्थत शुभलाभ बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष लालकाजी राजभण्डारीले रोटरी क्लव अफ बुटवलले मगरघाटमा शवदाह गृह निर्माण गर्न लागेकोमा सहकारीका तर्फबाट क्लवलाई एक लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै बैठकमा रोटरीयनहरु प्रज्वल थान्जु, राजेन्द्र लम्साल, दिपक श्रेष्ठलगायतले पनि आ–आफ्नो.धारणा राखेका थिए ।