ट्रेंडिंग:

>> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै

भ्रुण पहिचानको नाममा बढ्दै अपराध

१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार

केही दिनअघि सार्वजनिक भएको स्वास्थ्य तथ्याँकले लिंग पहिचानको नाममा बालिकाहरूको भ्रूणमै हत्या हुने गरेको देखाएको छ । यो गंभीर चिन्ताको बिषय हो । भ्रुणभित्र पहिला छोरा छोरी पहिचान गर्ने र छोरी भए गर्भ तुहाउने काम मानवका लागि शोभनीय हुँदै होइन । यो क्रम बढ्दै गएको र यसले सामाजिक जीवनमा ठूलो खाडल उत्पन्न गर्ने देखिएको छ । पछिल्लो १० बर्षयता नेपालमा बालिकाहरूको संख्यामा कमी आउँदै गरेको कुरा राष्ट्रिय जनगणना २०७८ ले औंल्याएको छ । त्यसको प्रमुख कारण भनेको भ्रूण पहिचान गरि छोरी भए गर्भपतन गर्ने गंभीर अपराध देखिएको छ । समाजलाई नै लज्जित बनाउने यस्ता जघन्य अपराधका घटना बारम्बार दोहोरिँदै आउनु गम्भीर चिन्ताको विषय हो । केही क्रूर मानसिकता बोकेका नरपिशाचबाट हुने भ्रुण हत्याका घटनाले समाजलाई नै स्तव्ध बनाएको छ । छोरा भए राख्ने र छोरी भए गर्भपतन गराउने जुन पछिल्लो संस्कार विकास भैरहेको छ यसले मुलुकको जीवनचक्रमै असन्तुल सिर्जना गरिदिने देखिएको छ । सभ्य समाजमा यस्तो कुरा त परको बिषय हो । कुनैपनि प्रकारको यौनजन्य हिंसा सह्य हुँदैन । छोरी भ्रूणमा हुनु पनि अपराध भैरहेको छ । कस्तो बिडम्वना छोरीलाई गर्भमै मार्न थालिएको छ । आखिर छोरीमाथि किन यति निर्मम बनिरहेको छ नेपाली समाज ? निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच बर्ष भयो । अपराधी अझै पत्ता लाग्न सकिरहेको छैन । गृहमन्त्री रबि लामिछानको पहिलो प्राथमिकतामा परेको यो काण्ड सेलाएको छ । गृहमन्त्रीको प्रतिवद्धता हावामै उडेको छ । छोरी भएकै कारण निर्मलाको बिभत्स हत्या भएको कुरामा दुई मत छैन । हरेकपटक परिवर्तन हुने सरकारले अपराधी पत्ता लगाउने दाबी त गर्छ तर अपराधी पक्राउ परेको कुनै संकेतसम्म देखिदैन । जुन समाजमा व्यक्तिको बाँच्न पाउने अधिकार सुरक्षित हुँदैन, त्यस मुलुकमा सरकार सामाजिक सुरक्षा र समृद्धिको कुरा गर्छ भने त्यसलाई लज्जास्पद मान्नुपर्छ । वास्तवमा अहिले बढ्दोरूपमा देखिएको भ्रूण हत्याको अपराधलाई निस्तेज गर्नेतर्फ प्रयास जरुरी छ । सामाजिक विकृति बढ्दै छ । न्यायको कुरा मर्दैछ ।

बालिकाहरू गर्भमै हुँदा मर्नुपर्ने कस्तो बिडम्वना छ १ छोरा पाउने नाममा लिंग पहिचान गर्दा छोरीहरूको हत्या भैरहेको छ । यो क्रम बढ्दो छ । यस्तो अपराधमा संलग्नमाथि हदैसम्मको कारवाही जरुरी छ । खासगरी पैसाको लोभमा स्वास्थ्यकर्मीहरू यो काममा बढी नै लागेका छन । स्वास्थ्यकर्मीहरूले भ्रुण पहिचान गर्न रोकिदिए भने यो समस्या समाधान हुन्छ तर पैसाको नाममा स्वास्थ्यकर्मीहरूबाट ठूलो अपराध भैरहेको छ । यहीकारण छोरी जन्मने क्रम छोराको तुलनामा आधा बढीले घटेको छ । निश्चितरूपमा यस प्रकारका कृयाकलापले समाजलाई नै असन्तुलित बनाउने छ । भूण हत्याको असर सृष्टिमै पर्ने अवस्था आउने छ । अहिले जसरी छोरा भए राख्ने र छोरी भए गर्भमै हत्या गरिदिने प्रवृत्ति देखिएको छ । यो गंभीर चिन्ताको विषयमा सम्बन्धित निकायको गंभीर ध्यानाकर्षण होस् । खासगरि नेपाल सरकारले भ्रुण पहिचान गर्ने काम तत्काल बन्द गराउन पहल गरोस् । यस प्रकारका कुकर्ममा जो संलग्न छ, उसमाथि कारवाही गरोस् । गर्भको भ्रुण पहिचान गर्ने काममात्र होइन भ्रुण पहिचानपछि गर्भपतन गराउने काम समेत बन्द गर्नेतर्फ सरकारको ध्यान जाओस् । यस्ता काममा संलग्नमाथि कडा कारवाहीको व्यवस्था नगरेसम्म यस प्रकारका कु–कृत्य कम नहुने भएकोले सम्बन्धित निकायको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission