© २०२३
बुटवल, १५ बैशाख । गुल्मी जन्म भई समाजमा शैक्षिक र राजनीतिक अभियानमा लागेको स्वर्गिय दिवाकर ज्ञवालीको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली काग्रेस पार्टीका नेता चन्द्र भण्डारीले ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ शनिबार बुटवलमा लोकार्पण गर्दै देशको परिस्थिति बदल्न र मुलुक बनाउन सबै नेपाली एक हुनुपर्ने सुझाव दिए । समाज विकासमा सबै एकजुट भएर लाग्नुपर्ने उनको सुझाव थियो । ‘अब जुट्नुपर्ने अबस्था आएको छ ।’—उनले भने । नेता सरल, सामाजिक उतरदायित्व बहन गर्ने साधारण हुनुपर्ने तर्क दिदै उनले यस्ता नेता देश हाक्न सक्ने दाबी गरे ।
लोकार्पण कार्यक्रममा पुर्व मन्त्री प्रदीप ज्ञवालीले युगद्रष्टा दिवाकर ज्ञवाली शिक्षक मात्रै नभई कुशल राजनीतिज्ञका रुपमा रहनुभएको स्मरण गरे । स्वर्गिय गुरु दिवाकर ज्ञवाली अग्रेजी भाषामा ठुलो बिद्ववान भएको र तत्कालिन पन्चायतकालमा विभिन्न भाषाका पुस्तकहरुलाइ नेपालीमा अनुबाद गरेर आफुजस्तै राजनीतिक युवाहरुलाई बौद्धिक बनाउन सहयोग गरेको बताए ।
श्रममा सबैलाई जोड्दै समाज अघि बढाउने अभियान जस्ता महत्वपूर्ण काम तत्कालिन समयमा भएको दिवाकर स्मृति प्रतिस्ठानका अध्यक्ष भोजराज ज्ञवालीले बताए ।
कार्यक्रममा स्वर्गिय ज्ञवालीका समकालिन अग्रजहरु चिकित्सक ज्योतिन्द्रमान बजिमय, ज्ञानेश्वर सरस्वती, झबिन्द्रमान बजिमय, तिलकराम आचार्य, परमानन्द ज्ञवाली, लिलबहादुर मल्ल, कृष्णचन्द्र गैरे, रामजी खनालका छोरा कमलराज खनालले सम्मान अर्पण गरेका थिए ।
स्मृति ग्रन्थ सम्पादन समितिमा प्रधान सम्पादक प्राडा हिरण्यमान ज्ञवाली, सम्पादकहरुमा रुद्र ज्ञवाली, कलाधर अर्याल, हरि ज्ञवाली, गुरुदत्त ज्ञवाली, कृष्णराज गौतम रहेका थिए ।
प्रतिष्ठानको स्थापना र यसबाट आगामी दिनमा गरिने कार्यक्रमबारे जानकारी गराउदै कान्छासुपुत्र शिव ज्ञवालीले बुबाको योगदानलाई स्मरण हुने गरि समाजसेवामा प्रतिष्ठान अघि बढ्ने बताए ।