ट्रेंडिंग:

>> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी

चैते धानमा किसानको आकर्षण

गतवर्षभन्दा ११० हेक्टर बढी क्षेत्रफलमा चैते धान, उत्पादन बढ्ने ज्ञान केन्द्रको दाबी
१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार

नवलपुुर १४ बैशाख । पूर्बी नवलपरासीमा यो बर्ष चैते धानको उत्पादन बढने देखिएको छ । बिगतको बर्षको तुुलनामा अनुुदानको ब्यबस्था गरिदा यो बर्ष किसानलाई चैते धानमा आकर्षण बढ्दा उत्पादन बढी हुने देखिएको हो ।

गतवर्षको तुलनामा ११० हेक्टर बढी क्षेत्रफलमा धान लगाइएको कृषि ज्ञान केन्द्र नवलपुुरका कृषि अधिकृत सजय ढकालले बताए । गत बर्ष एक हजार दुुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान लगाइर्एको थियो भने यो बर्ष एक हजार तीन सय २० हेक्टर क्षेत्रफलमा रोपिएको छ । गत बर्ष ६ हजार सात सय मेटिक टन चैते धान उत्पादन भएकोमा यो बर्ष करीब आठ हजार मेटिक टन चैते धान उत्पादन हुुने अनुुमान गरिएको कृषि अधिकृत ढकालले बताए । अहिले गत बर्षको तुुलनामा चैते धानको अबस्था राम्रो रहेको छ । यो बषै चैते धान राम्रो फल्ने देखिएको र कृषि ज्ञान केन्द्रले समय समयमा आवश्यक प्राबिधिक सहयोग गर्दै आएको ढकालले जानकारी दिए ।

गण्डकी प्रदेश कृषि तथा भूमि ब्यबस्था मन्त्रालयले चैते धान उत्पादन गर्ने किसानलाई प्रति केजी रु दुईका दरले अनुुदान दिने ब्यबस्था गरे पछि नवलपरासी पूर्बका किसानहरु चैते धानमा निक्कै आर्कर्षित हुुन थालेका कृषि ज्ञान केन्द्र नवलपुरका प्र्मुख कुल प्रसाद तिवारीले बताए ।
अहिले चैते धान निक्कै राम्रोसँग फस्टाउँदै गएको फुुल खेल्ने समयमा अलि बढि हेरबिचार गरि समयमै औषधीको ब्यबस्था गरिए सम्भावित रोगका समस्याबाट किसानले राहत पाउने र जसका कारण चैते धानको उत्पादन पनि बढने कृषि अधिकृत ढकालको भनाई छ ।

पूर्बी नवलपरासीमा करीब १९ हजार हेक्टर क्षेत्रफलमा बर्षे धान लगाईने गरेको छ भने करिब एक हजार तीन सय बढि हेक्टरमा चैते धान लगाईने गरेको कृषि ज्ञान केन्द्र नवलपुरका प्र्मुख कुल प्रसाद तिवारीले बताए । गत बर्ष करीब १९ हजार हेक्टरमा बर्षै धान लगाईएकोमा ६३ हजार मेटिक टन धान उत्पादन भएको प्र्मुख तिवारीको भनाई छ ।

यो बर्ष चैते धान लगाउने कृषकहरुलाई प्राबिधिक ज्ञानको अलवा अनुुदान समेत दिने नीति आए पछि बर्षेनी किसान यो खेती तर्फ आर्कर्षित हुँदै जान थालेका देबचुुलीका कृषक सिखाराम थारुले बताए । पूर्बी नवलपरासीको गैंडाकोट, देबचुुली, कावासोती, र मध्यबिन्दुु नगरपालिकाको उत्तरी भाग र बिनयीत्रिबेणी र हूपसेकोटमा बिगत बर्षहरुमा लगमईने गरेको चैते धान अहिले बुलिगँटार र बौँदीकाली गाउापालिकामाा पनि लगाईन थाले पछि कृषि ज्ञान केन्द्रले ती क्षेत्रमा समेत अनुुदानको ब्यबस्था गरेको ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%