© २०२३
काठमाडौं,१३ बैशाख । पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता आलम २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा सँलग्न भएको आरोपमा थुनामा थिए ।
२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्र्षका ओसी अख्तरको मृत्यु भएको थियो । विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप लगाउँदै उनीहरुको परिवारका सदस्यहरु श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।