© २०२३
सल्यान, १३ बैशाख ।
सल्यानमा विवाहको भोज खाएर फर्कने क्रममा सल्यानको कुमाख गाउँपालिका वडा नं ६ मा २१ बर्षीय बिकास वलीको हत्या आरोपमा ११ जना पक्राउ परेका छन् । घटना पछि फरार रहेका ११ जनालाई नित्रन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ परेकाहरुलाई बिहीबार म्याद थपका लागि जिल्ला अस्पताल सल्यानमा पेश गरिएको बताइएको छ । पक्राउ परेका युवाहरुको परिचय भने गोप्य नै राखिएको छ ।
जिल्लाको कुमाख गाउँपालिका – ६ का २१ बर्षीय बिकास वलीमाथि बैशाख ११ गते छिमेकी गाउँका युवाहरुले कुटपिट गरेका थिए ।
दाउराको चिर्पट लगाएतको आक्रमणबाट गम्भीर घाइते भएका बिकासको उपचारका लागि बाँके तर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्याका प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ पर्ने हरु सबै नाचगान गर्ने वाहानामा छिमेकी गाउँबाट पुगेका युवाहरु हुन ।
उक्त दिन मृतक बिकासका ठूलो बुवाको छोरीको बिहे थियो । छोरी पठाइसकेपछि पुगेका युवाहरुले दुलहीको माइती घरमा उच्छृङखल गतिबिधि गर्न थालेपछि बिकासले रोक्ने प्रयास गरेका थिए । त्यसपछि उनीहरुले बिकासलाई एकान्त स्थलमा लगेर कुटपिट गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी