© २०२३
नवलपुर।
भीरबाट लडेर नवलपरासी पूर्बमा दुई महिलाको ज्यान गएको छ । पूर्बी नवलपरासीमा भीरबाट खसेर दुई महिलाको मृत्यु भएको छ ।
जिल्लाको बुलिगँटार गाउँपालिकाको वडा नँ २ भाँगबारीमा दाउरा काटन जाँदा जलदेबी भीरबाट खसेर बुलिगँटार २ भााँगबारी की ४० बर्षीय सनिमायाँ बोटेको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।
घरबाट बिहानको खाजा खाएर नजीकको जँगलमा दाउरा काटन गएकी बोटेको जलदेबी भीरबाट खसेर मृत्यु भएको प्रहरी चौकी बुलिगँटारले जनाएको छ ।
यसै गरि बुलिगँटार ६ को खजुरीमा खाना खाएर जँगलमा घाँस काटन गएकी ३५ बर्षीय लुलिमा रानाभाटको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । रानाभाटको मृत्यु हुनुमा मदिरा सेबन समेत रहेको प्रहरीले जनाएको छ ।