ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग

११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार

बुटवल,११ बैशाख ।   नेपाल मगर महिला संघ बुटवलले संघको ८ औं जिल्ला अधिवेशनमा बुटवल नगर समितिलाई जानकारी नदिइएको र प्रतिनिधि सहभागी नगराइएको भन्दै अधिवेशन रद्द गर्न माग गरेको छ । यही बैशाख ८ गते तिलोत्तमाको कुञ्जलापुरमा भएको अधिवेशनमा नेतृत्वले एकपक्षीय गरेको भन्दै मगर महिला संघ बुटवल उपमहानगर समितिले रद्द गर्न माग गरेको हो ।

मगर महिला संघ रुपन्देहीको जिल्ला नेतृत्वले मगर महिला संघ केन्द्रीय समितिको निर्देशन तथा अध्यक्षको आग्रहलाई समेत बेवास्ता गरी एकपक्षीय रुपमा अधिवेशन गरेकाले रद्द गरिनुपर्ने आफूहरुको माग रहेको संघको बुटवल अध्यक्ष गौरीमाया थापाले बताइन् । संघको जिल्ला र प्रदेश नेतृत्वले गरेको यस्तो कार्यले मगर महिलाहरुलाई विभाजित गरेको थापाले बताइन् ।

मगर महिला संघलाई केही सीमित व्यक्तिको स्वार्थ अनुसार राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन बनाउन खोजिएको मगर महिला संघ बुटवल उपमहानगर समितिकी पूर्व अध्यक्ष तथा सल्लाहकार कुमारी थापाले बताइन् । जिल्ला अधिवेशनमा गएका नगर समितिका प्रतिनिधिलाई मगर संघका केन्द्रीय सचीव गिता सारु मगर, महिला संघका जिल्ला अध्यक्ष चन्दा थापा, प्रदेश अध्यक्ष केशरी तरामुको योजना र निर्देशनमा फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा र मगर संघ, बुटवल उपमहानगर समितिका सचिव हेमन्त बुढाथोकी लगायतले अराजक व्यवहार गरेको मगर महिला संघ बुटवल नगर समिति सचिव तिर्थकुमारी सोमरेले गुनासो गरिन् ।

जिल्ला र प्रदेश नेतृत्वले बुटवलमा आधिकारिक नगर समिति हुंदाहुंदै खवैधरुपले खर्को समिति बनाएपनि गौरीमाया थापाको नेतृत्वलाई नै केन्द्रले मान्यता दिएको बताइन् । तत्कालिन कोषाध्यक्ष सरिता श्रीसलाई अध्यक्ष तथा सचिव नारायणी पाटालाई नेतृत्वमा ल्याएर जिल्ला समितिले आधिकारिक समितिलाई मान्यता नदिएको संस्थापक तथा पूर्व अध्यक्ष ओमी पुनले जानकारी गराइन् । नेपाल मगर महिला संघ, केन्द्रीय समिति काठमाण्डौले २०८०–०६–२३ गते एक पत्र लेख्दै गौरीमाया थापाको नेतृत्वलाई आधिकारिकता दिए पनि राजनीतिक प्रतिसोधनमा जिल्ला र प्रदेश अध्यक्षले निर्णय र निर्देशनलाई कार्यान्वयन गर्न नमानेको पुनले उल्लेख गरिन् ।

२०७९ साल चैत्र १८ गतेका दिन सातौ साधारण सभा तथा तेश्रो अधिवेशनबाट गौरीमाया थापाको नेतृत्वमा १८ सदस्यीय कार्य समिति विधिवत रुपमा चयन गर्दै सम्पन्न भएपनि केन्द्रले मान्यता दिएको समितिलाई प्रदेश र जिल्ला समितिले मान्यता नदिएपछि विवाद उत्पन्न भएको हो । मगर महिला संघ रुपन्देहीकी अध्यक्ष चन्दा थापा र प्रदेश अध्यक्ष केशरी गाहाले भने अधिवेशनमा कुनै पनि विवाद नभएको र राजनीतिक प्रभाव नभएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?