© २०२३
काठमाडौं ।
विभिन्न शिक्षक संगठनहरूले पारिश्रमिक नबढाए माध्यमिक शिक्षा परीक्षा एसइईको उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन,एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघले राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण गर्दै यस्तो चेतावनी दिएका हुन्।
एसइई परीक्षा सकिएर यतिखेर उत्तरपुस्तिका परीक्षणको चरणमा छ।
यसबाट पर्न जाने असर प्रति संघीय सरकार नै जिम्मेवार हुनुपर्ने उनीहरूको ठहर छ।