© २०२३
काठमाडौं,१० बैशख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् । सोमबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीति जटिल रहेको बताएका हुन् ।
परिस्थिति जटिल छ, छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन भन्दै नेपालले यसको सबै जवाफ प्रधानमन्त्रीले दिने बताए ।
नेपालले आफ्नो दलले परिस्थिति सहज नमानिरहेको बताए ।
उनले आफूहरू कसैको धाक धम्की गालीगलौज सहनका लागि नजन्मेको भन्दै दास बन्ने नियतले राजनीतिमा नलागेको भन्दै अपमान नगर्न नेताहरूलाई चेतावनी दिए ।
अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरू, समानता र न्याय, रोजगारीका समस्याहरू, आर्थिक उन्नतिको कुरामा कम्युनिस्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने बताए ।