© २०२३
काठमाडौं,९ बैशाख । नेकपा एमालेका पूर्वउपाध्यक्ष नेता भीम रावलले पार्टीको प्रथम महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आफूमाथि निषेध र प्रतिशोधको नीति लिइएको भन्दै दुःख व्यक्त गरेका छन् ।
गोदावरीमा जारी परिषद् बैठकमा आउन निम्ता नपठाए पनि सार्वजनिक सूचनाका आधारमा सहभागी हुन खोज्दा प्रतिनिधि कार्ड नबनेको भनी आफ्ना प्रतिनिधिलाई फिर्ता पठाइएको उनले बताए ।
आफूमाथि महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसंग प्रतिस्पर्धा गरेकै कारण निषेध र प्रतिशोधको व्यवहार गरिएको बताए । आफू गोदावरी गएको भए सम्मेलन हलको ढोकाबाट बाहिर निकालेर दुनियाँलाई देखाउने नियत थियो कि भन्ने शंकासमेत लागेको उनले बताए ।
रावलका प्रतिनिधि उनको कार्ड लिन जाँदा बनेको छैन भन्दै फर्काइएपछि एमाले पंक्तिमा समेत खैलाबैला मच्चिएको छ । रावल एमालेको पदेन सल्लाहकार भएकाले स्वतः महाधिवेशन प्रतिनिधि परिषद् सदस्य हुन् ।