© २०२३
धनगढी,९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरुबिच अहिले एकताको सम्भावना नभएको बताएका छन् । आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् ।
अहिले एमालेसंग सत्ता समीकरण मात्रै भएको र राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जाने उनले बताए ।
सरकारको नीति तथा कार्यक्रम, बजेट परम्परागत भन्दा फरक तरिकाले ल्याउने प्रयास गरिरहेको प्रधानमन्त्रीको भनाई छ । बजेटलाई विगतको भन्दा वैज्ञानिक, वस्तुवादी बनाउने, जनवादी बनाउने किसिमले तयारी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।