© २०२३
काठमाडौं, ९ बैशाख । सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेको बेला पौडेलमाथि अख्तियारले अर्को मुद्दा दायर गरेको हो । पौडेलमाथि अकुत सम्पत्ति आर्जनमा मुद्दा विचाराधीन छ ।
अख्तियारद्वारा आज दायर मुद्दामा पौडेलले राष्ट्र सेवकको हैसियतमा बहाल रहेकै अवस्थामा अमेरिकाको पीआर लिएको साथै पदावधि थपिएपछि पनि उक्त कुरा लुकाएर झुट्टा विवरण देखाएको उल्लेख छ । आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् । उनीविरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लागि विशेष अदालतबाट म्याद थप गरेको हो ।