ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण

८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

बुटवल,८बैशाख  ।    रुपन्देहीको मणिग्राममा सञ्चालित दुई अर्ब लागतको एनजी मार्केटले बम्पर उपहार विजेतालाई डेढ करोड मूल्य बराबरको घर बनाइदिने सम्झौता हस्तान्तरण गरेको छ ।
तिलोत्तमा १ ड्राइभरटोलका योगेन्द्र बस्नेतले तिलोत्तमा ७ भलबारीमा रहेको आवास कलोनीमा १० धुर जग्गामा निर्माण हुने १ हजार ६ सय स्क्वायर फुटमा बन्ने साढे २ तले घर जितेका हुन् ।
शनिबार एक समारोहबीच मार्केटका अध्यक्ष नारायण बन्जाडे र सिईओ आभास बन्जाडेले बस्नेतलाई घर दिने सम्झौता पत्र हस्तान्तरण गरेका हुन् ।
मार्केटले एक हजार जना ग्राहकलाई दश प्रकारका उपहार दिने गरी गत वर्ष अफर ल्याएको थियो । एनजी मार्केटमा एकपटकमा ५ हजार वा पटक पटक गरेर १० हजार रुपैयांको सामान खरिद गर्दा प्राप्त कुपनबाट लक्की ड्र मार्फत बस्नेतले पुरस्कार पाएका हुन् ।
बस्नेतले एनजी मार्केटमा चारपटकमा करिब ४० हजारको सामान खरिद गरेर ४ वटा लक्की ड्र कुपन पाएका थिए । चैत ३० गते लक्की ड्र खोलिएको थियो । त्यतिबेला पुरस्कार विजेता बस्नेत नयां वर्षमा पोखरा घुम्न गएकाले एक हप्तापछि उनलाई घर दिने सम्झौतापत्र हस्तान्तरण गरिएको हो ।
डेढ करोडको घर पाउने भएपछि योगन्द्रले आफू भाग्यमानी भएको प्रतिक्रिया दिए ।
‘मैले चार पटकमा करिब ४० हजारको सामान किन्दा ४ वटा कुपन पाएको थिएं,त्यसमध्ये २०८० साउन ९ गते सामान किन्दा पाएको कुपनले मलाई डेढ करोडको घर दिलायो’–उनले भने–‘आफ्नै नगरमा २ अर्ब लागतमा युवाको नेतृत्वमा सञ्चालनमा आएको मार्केटलाई प्रोमोट गर्नुपर्छ भनेर नियमितरुपमा सपिङ गर्दै आएको थिएं ।’ सबै सामान एउटै छानामुनि पाइने एनजी मार्केट सञ्चालनमा आएपछि उपभोक्ताहरु सुनौली वा अन्यत्र धाउनुपर्ने वाध्यता नभएको उनले बताए ।
कार्यक्रममा बोल्दै मार्केटका अध्यक्ष नारायण बन्जाडेले ग्राहकको सन्तुष्टीलाई पहिलो प्राथमिकतामा राखेर ब्राण्डिङ पनि गर्ने उद्देश्यले एक हजार वटा पुरस्कार वितरण गर्ने योजना रहेको बताए ।
सिईओ आभास बन्जाडेले बांकी ९९९ वटा पुरस्कार आगामी वर्ष २०८२ साल प्रारम्भका अवसरमा वितरण गर्ने बताए । ९९९ वटा पुरस्कारमा एक जनालाई किया ब्राण्डको कार, एक जनालाई रोयल इनफिल्ड ३५० सीसीको बुलेट मोटरसाइकल, एक जनालाई भेस्पा स्कुटरसमेत प्रदान गरिनेछ ।
यस्तै १५ जनालाई एक टन क्षमताको एयर कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इन्चको टेलिभिजन, १२५ जनालाई राइस कुकर र ८०१ जनालाई क्लोथ आइरन गरी १ हजार जना ग्राहकलाई उपहार प्रदान गरिने बन्जाडेले बताए ।
मार्केटमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका व्यवस्थापक दीपक भट्टराईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?