© २०२३
काठमाडौं ।
इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ ।
इरानको समाचार एजेन्सीका अनुसार उत्तर पश्चिमी शहर इस्फहान लगायतका प्रान्तहरुमा शुक्रबार बिहान विष्फोटको आवाज सुनिएको छ । इस्फहानमा इरानी सेनाको ठूलो एयर बेस छ । परमाणु हतियारसँग सम्बन्धित स्थानहरु पनि यही क्षेत्रमा छन् ।
गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा हवाइ हमला गरेको थियो ।
त्यसपछि रुष्ट इजरायलले इरानमाथि आक्रमण सुरु गरेको हो । इजरायल र इरानबीच बढ्दो तनावले विश्वभर तरंग सिर्जना भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी