© २०२३
बुटवल,७ बैसाख । बुटवलको एक होटलमा बसेकी छोरीलाई आफ्नै बुबाले रडले हानेर हत्या गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका ५ बर्गदवाका नारायण बहादुर जिसीले बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एण्ड लजमा बुधबार साँझ १७ वर्षीया अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेका हुन् ।
रातको करिब ९ बजे रडले हानेर छोरीको हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
घटनापछि उनलाई विहिबार दिउँसो कञ्चन ४, थकालीचोकबाट प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको पण्डितले जानकारी दिए । अञ्जली हरैया माध्यमिक विद्यालयको कक्षा ११ मा अध्यनरत थिईन ।
प्रारम्भिक बयान अनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिँडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले घर जान आग्रह गर्दा नमानेपछि रिसको झोंकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान बाँकी रहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।